प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बैंकको ब्याजदर क्रमशः घटिरहेको बताएका छन् । संसदमा विश्वासको मत माग्ने क्रममा प्रधानमन्त्री प्रचण्डले ब्याजदर घटिरहेको बताएका हुन् ।
‘तरलता सङ्कुचनको स्थितिमा सुधार भएको छ । विदेशी मुद्रा सञ्चिति, विप्रेषण आप्रवाह, पर्यटन आगमनआदि क्षेत्रमा उत्साहजनक प्रगति छ । ब्याजदर घटिरहेको छ’ उनले भने ।
सरकारी खर्चमा मितव्ययिता कायम गर्न खर्च कटौती र अत्यावश्यक बाहेक मन्त्री र उच्च पदस्थ कर्मचारीहरूलाई विदेश भ्रमणमा रोक लगाइएको पनि जानकारी गराएका छन् ।