वार्षिक २० खर्बको निर्यात लक्ष्यसहित मन्त्रिपरिषदमा पुगेको ‘व्यापार रणनीति’मा के छ ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 21, 2023 | 04:11:42 PM मा प्रकाशित

laxmi  sunrise bank

वैदेशिक व्यापार घाटा चुलिँदै गएपछि निर्यात बढाउने योजनासहित सरकारले  ‘एकीकृत व्यापार रणनीति’लाई प्राथमिकताका साथ अघि बढाएको छ ।उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले वार्षिक २० खर्ब रुपैयाँको निकासी गर्ने योजनासहितको व्यापार रणनीति गएको शुक्रबार मात्रै मन्त्रिपरिषदमा पठाएको छ ।

पूर्व अर्थसचिव रामेश्वर खनाल संयोजक रहेको १२ जना विज्ञहरुको समूहले बनाएको व्यापार रणनीतिको मस्यौदा स्वीकृतिका लागि मन्त्रिपरिषद पठाइएको हो । खनालले आफूहरुले बनाएको व्यापार रणनीति उद्योग मन्त्रालयमा बुझाएका थिए ।

मस्यौदामा विभिन्न १३ वटा रणनीति अख्तियार गर्न सके आउँदो ५ वर्षमा वार्षिक २० खर्ब रुपैयाँको निकासी गर्न सकिने रणनीतिमा उल्लेख छ ।

अर्थतन्त्रको आकार १०० खर्ब पुग्दा २० खर्बको निकासी

आउँदो ५ वर्षमा अर्थतन्त्रको आकार १ सय खर्बको पुग्ने अनुमान गरिएको छ । नेपाल उद्योग वाणिज्य महासङ्घले आफ्नो भिजन पेपर (नेट २०३०) मा पनि सन् २०३० सम्म नेपालको अर्थतन्त्रको आकार सय खर्बको पुर्याउने उल्लेख गरेको छ । यसलाई उद्योग मन्त्रालयले ‘स्वीकार’ पनि गरिसकेको छ ।

यसैको आधारमा कुल सय खर्ब रुपैयाँको अर्थतन्त्र हुँदा २० खर्बको निकासी सम्भव रहेको दावी व्यापार रणनीतिको मस्यौदामा गरिएको छ । अहिले अर्थतन्त्रको आकारको ४ प्रतिशत मात्रै निकासी भइरहेको र यसलाई ५ वर्षमा ५ गुणाले नै बढाउन सकिने भन्दै व्यापार रणनीति बनाइएको हो । 

मन्त्रिपरिषदमा पुगेको रणनीतिमा औद्योगिक कच्चा पदार्थको आयात र तयारी वस्तुको आयातको भन्सार दरमा १० प्रतिशत फरक राख्ने प्रस्ताव पनि गरिएको छ । 

यी हुन् १३ रणनीति

पूर्वानुमानयोग्य विशेषतासहितको समष्टिगत आर्थिक र विकास नीति

व्यापार सहयोगी वातावरण निर्माणका लागि सङ्घीय संरचनाको उपयोगिता

अविकसित देशबाट विकासशील देशमा स्तरोन्नति भएपछि नयाँ अवसरको सिर्जना र हुन सक्ने क्षतिको न्यूनिकरण 

आर्थिक कूटनीति र व्यापार विस्तारका लागि द्विपक्षीय एवम् बहुपक्षीय सन्धी तथा सम्झौता 

उत्पादकत्वमा वृद्धि र श्रम शक्तिको उत्पादन तथा सञ्चय

सामाजिक समावेशिताका आधारमा उद्यम तथा व्यापारको लाभ बाँडफाँट 

एकीकृत व्यापार लजिस्टिक्स पूर्वाधारको विकास

खाद्य गुणस्तर पालना र बाली स्वास्थ्य मापदण्ड 

गुणस्तरीय पूर्वाधार विकास, स्थिर पूँजी र औद्योगिक मापदण्डको कार्यान्वयन 

लगानीको वातावरणमा सुधार 

उत्पादन प्रक्रियामा आधुनिकीकरण 

निकासीको क्षमता विकास

आतिथ्य तथा सेवा क्षेत्रको सुदृढीकरण

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved