जी–२० सम्मेलन नेपालका लागि उपलब्धिमूलक रह्योः अर्थमन्त्री

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 19, 2023 | 05:18:22 PM मा प्रकाशित

laxmi  sunrise bank

अर्थमन्त्री डा. प्रकाशशरण महतले हालै भारतको गुजरातमा सम्पन्न जी–२० सम्मेलन नेपालको आर्थिक विकासका लागि महत्वपूर्ण उपलब्धि रहेको बताएका छन् । सम्मेलनमा सहभागी भएर बुधबार स्वदेश फर्किएका अर्थ मन्त्री डा. महतले त्रिभुवन विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै जी–२० सम्मेलन नेपालको आर्थिक विकासका लागि महत्वपूर्ण र उपलब्धिमुलक रहेको बताएका हुन् । 

३ वटा महत्वपूर्ण विषयमा छलफल भएको उनको भनाई छ । 

‘पहिलो, जी–२० सम्मेलनमा सहभागी भएर नेपालले आफ्नो कुरा राख्ने अवसर पायो । दोस्रो, भारत र चिनियाँ अर्थमन्त्रीहरुसँग महत्वपूर्ण भेटघाट र छलफल भयो । दुई पक्षीय भेटघाटमा लगानी र व्यापारका विषयमा छलफल भयो । तेस्रो उपलब्धि चाहिँ गुजरातमा रहेका उद्योग व्यवसायीसँग भेटघाट र छलफललाई उपलब्धी र महत्वका रुपमा लिनुपर्छ’ उनले भने ।

नेपाल जी–२० को सदस्य नभएपनि आमन्त्रण गरेको हुनाले कम विकसित देशहरुको समस्या जी–२० को फोरममा राख्ने महत्वपूर्ण अवसर प्राप्त भएको उनको भनाई छ । 

‘कम विकसित मुलुकले भोग्नु परेको समस्या, जलवायु परिवर्तनको समस्या, डिजिटलाइजेशनले निम्त्यिाएको चुनौति देशको सीमाभित्रै सम्हाल्न सक्ने अवस्था कमजोर भइरहेको छ’ मन्त्री महतले भने, ‘डिजिटल ट्रान्जेक्सनमार्फत् जुन आर्थिक गतिविधि हुन्छ, त्यो अरु ठाउँबाट पनि सञ्चालन हुन्छ । त्यो अवस्थामा हामीले कसरी क्षमता वृद्धिका लागि अन्तर्राष्ट्रिय समूहले कसरी सहयोग गर्न सक्छ भन्ने विषयमा पनि छलफल भयो ।’

विश्व बैंक, एसियाली विकास बैंकलगायत विभिन्न बहुपक्षीय संस्थाहरुको त्यहाँ सहभागिता रहेको र नेपालको तर्फबाट आफूले अनौपचारिक रुपमा कुरा राखेको बताउँदै अर्थमन्त्री महतले भारत र चीनका अर्थमन्त्रीसँग बेग्लाबेग्लै भेटघाट गरी छलफल गरिएको समेत जानकारी गराए । 

त्यस्तै, नेपालमा लगानीको सम्भावनाबारे गुजरातका उद्योगी व्यवसायीसँग छलफल गरिएको पनि जनाए । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved