अबदेखि आन्तरिक ऋण उठाउने जिम्मा सार्वजनिक ऋण व्यवस्थापन कार्यालयलाई

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 31, 2024 | 05:07:01 PM मा प्रकाशित

laxmi  sunrise bank

अबदेखि नेपाल सरकारको लागि आवश्यक पर्ने आन्तरिक ऋण सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले उठाउने भएको छ । नेपाल राष्ट्र बैंकका अनुसार नेपाल सरकारको ट्रेजरी बिल्स र विकास ऋणपत्रको बोलकबोल तथा निष्काशन २०८० चैत्र १९ देखि सार्वजनिक ऋण व्यवस्थापन कार्यालय, त्रिपुरेश्वरबाट हुने  छ ।

साथै, सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले बोलकबोलको निर्णय DOMS को आधारमा गर्ने भएकोले उक्त कार्यमा सहभागीहरुले DOMS र OBSS दुवैमा बोलकबोल पेश गर्नु पर्ने राष्ट्र बैंकले जनाएको छ ।  दुवै प्रणालीमा बोलको विवरणमा एकरुपता नभएमा उक्त कार्यालयले बोल रद्द गर्न सक्ने राष्ट्र बैंकले उल्लेख गरेको छ ।

सार्वजनिक ऋण व्यवस्थापन ऐन, २०७९ तथा सार्वजनिक ऋण व्यवस्थापन नियमावली, २०८० कार्यान्वयनमा आईसकेको हुनाले आन्तरिक ऋणसँग सम्बन्धित ऋणपत्र निष्कासन तथा भुक्तानी कारोवार नेपाल राष्ट्र बैंकसँगको समन्वयमा सार्वजनिक ऋण व्यवस्थापन कार्यालय मार्फत गरिन लागेको हो । यस अघि भने राष्ट्र बैंकले नै यी कार्य गर्ने गरेको थियो । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved