
कक्षा १२ सहित सबै तहको परीक्षा स्थगन हुने भएको छ । स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले कोरोना भाइरसको जोखिम पुनः बढ्न थालेको भन्दै कक्षा १२ को सहित विभिन्न विश्वविद्यालयका परीक्षा स्थगन गर्ने प्रस्ताव गरिएको जानकारी दिए ।
भर्चुअल पत्रकार सम्मेलनमा उनले कोभिड–१९ को तेस्रो लहरको जोखिम पनि बढिरहेकाले परीक्षा स्थगन गरी आन्तरिक मूल्यांकनका आधारमा नतिजा प्रकाशन गर्ने विषयमा शिक्षा मन्त्रालयसँग छलफल चलिरहेको उल्लेख गरे ।
‘निकट भविष्यमा सञ्चालन हुन गईरहेका परीक्षा सम्बन्धी कार्यक्रम स्थगन गरी आन्तरिक मूल्यांकनका आधारमा नतिजा प्रकाशन गर्ने सम्बन्धमा शिक्षा मन्त्रालयसँग परामर्श गरी अविलम्व उचित निर्णय गरिने छ’ उनले भनेका छन् । कक्षा १२ को परीक्षा साउन ३१ भदौ ९ सम्म हुने गरी तालिका सार्वजनिक भएको थियो ।