नेपालीपन झल्किने नाम नराख्ने विद्यालयमा भर्ना रोक्ने काठमाडौँ महानगरको तयारी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 03, 2024 | 09:22:54 AM मा प्रकाशित

laxmi  sunrise bank

काठमाडौँ महानगरपालिले महानगरपालिका अन्तर्गतका संस्थागत विद्यालयहरुलाई नेपालीपन भल्कने गरी विद्यालयको नामाकरण गर्ने सार्वजनिक सूचना आग्रह गरेको छ । महानगर सूचना जारी गर्दै  नेपालीपन भल्कने गरी विद्यालयको नामाकरण नगरेका विद्यालयलाई  सूचना प्रकाशित भएको मितिले ७ दिनभित्र महानगरको शिक्षा विभागमा अनिवार्य सम्पर्क गर्न सूचित गरेको हो।

 ७ दिनमा सम्पर्क गरी मौलिक नामाकरणको प्रक्रिया अगाडि नबढाएमा विद्यार्थी भर्ना प्रक्रियामा रोक लगाउने सहित कानून बमोजिमको कारबाही प्रक्रिया अगाडि बढाइने महानगरले जनाएको छ । महानगरका अनुसार विद्यालयको मौलिक नामाकरणका लागि विद्यालय व्यवस्थापन समितिबाट प्रस्तावित नाम निर्णय गराएर सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र विभागमा निवेदन दिनुपर्नेछ । अन्यथा शिक्षा नियमावली, २०५९ (संशोधन सहित), काठमाडौँ महानगरपालिका विद्यालय शिक्षा व्यवस्थापन नियमावली, २०७४ तथा प्रचलित कानुन बमोजिम आवश्यक प्रक्रिया अगाडि बढाइने महानगरले जनाएको छ।

 शिक्षा नियमावली, २०५९ (संशोधन सहित) को नियम १५४ (१) तथा काठमाडौँ महानगरपालिका विद्यालय शिक्षा व्यवस्थापन नियमावली, २०७४ को नियम ७० मा नेपालीपन भल्कने गरी विद्यालयको नामाकरण गर्नुपर्ने व्यवस्था छ । महानगरपालिका अन्तर्गतका अधिकांश संस्थागत विद्यालयहरूको नाम, यो व्यवस्थाको प्रतिकुल देखिएकोले महानगरले त्यस्ता विद्यालयलाई नेपालीपन झल्किने नाम राख्न आग्रह गरेको हो।



Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved