निर्वाचन आयोगको उर्दी : ३३ लाख भन्दा बढी खर्च नगर, कारवाही होला

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 02, 2022 | 09:32:34 PM मा प्रकाशित

laxmi  sunrise bank

निर्वाचन आयोगले निर्वाचन आयोग ऐन, २०७३ को दफा २४ बमोजिम प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यको निर्वाचनका लागि आज राजनीतिक दल वा उम्मेदवारले  निर्वाचनमा गर्न पाउने खर्चको अधिकतम हद तोक्ने निर्णय गरेको छ ।

सो प्रयोजनका लागि आयोगले  निर्वाचन क्षेत्रको मतदाता संख्या, मतदान केन्द्रको संख्या र क्षेत्रफललाई आधार मानी सूत्रमा आधारित भई निर्वाचनका लागि खर्चको अधिकतम हद तोकेको छ ।

प्रतिनिधि सभा सदस्य निर्वाचन र प्रदेश सभा सदस्य निर्वाचन २०७९ को प्रयोजनको लागि निर्वाचन आयोग ऐन, २०७३ को दफा २४, प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७२ तथा प्रदेश सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७२ बमोजिम निर्वाचन खर्चको हद निर्धारण गर्दा देहाय बमोजिमका आधारलाई देहाय बमोजिम भार निर्धारण गर्ने निर्णय भएको छ :

(क)    संवत् २०७९ साल भाद्र ३१ गते कायम भएको मतदाताको आधारमा सम्बन्धित  निर्वाचन क्षेत्रमा कायम मतदाताको संख्यालाई साठी प्रतिशत भार,

(ख)    मतदान केन्द्रको आधारमा सम्बन्धित निर्वाचन क्षेत्रमा कायम भएको मतदान केन्द्रको संख्यालाई बीस प्रतिशत भार,

(ग)    भौगोलिक क्षेत्रको हकमा सम्बन्धित निर्वाचन क्षेत्रले ओगटेको क्षेत्रफललाई बीस प्रतिशत भार निर्धारण गरिएको छ ।

उल्लेखित भारको आधारमा पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली बमोजिम हुने प्रतिनिधि सभाको निर्वाचनको हकमा अनुसूची –१ मा उल्लिखित ५ वटा निर्वाचन क्षेत्रहरुमा निर्वाचन खर्चको हद रु.२५ लाख कायम गर्ने,

अनुसूची –२ मा उल्लिखित १७ वटा निर्वाचन क्षेत्रहरुमा निर्वाचन खर्चको हद रु.२७ लाख कायम गर्ने,

अनुसूची –३ मा उल्लिखित ६५ वटा निर्वाचन क्षेत्रहरुमा निर्वाचन खर्चको हद रु.२९ लाख कायम गर्ने,

अनुसूची –४ मा उल्लिखित ५२ वटा निर्वाचन क्षेत्रहरुमा निर्वाचन खर्चको हद रु.३१ लाख कायम गर्ने

अनुसूची –५ मा उल्लिखित २६ वटा निर्वाचन क्षेत्रहरुमा निर्वाचन खर्चको हद रु.३३ लाख कायम गर्ने

हेर्नुहोस् अनुसूची र पूर्ण विज्ञप्ति 




Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved