केपी ओलीको दाबी: मङ्सिर ४ पछि एमालेको सरकार बन्छ, कांग्रेस कमजोर प्रतिपक्ष भएर बस्छ

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 10, 2022 | 09:06:44 PM मा प्रकाशित

laxmi  sunrise bank

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी सरकारपछि एमालेले सरकार बनाउने दाबी गरेका छन् । एक टेलिभिजन अन्तर्वार्ताको क्रममा उनले मङ्सिर ४ को चुनावपछि ५ दलीय गठबन्धनको कन्तबिजोग, हरिबिजोग र बेहाल हुने बताए ।

उनले मङ्सिर ४ को चुनावपछि एमालेले सरकार बनाउने र नेपाली कांग्रेस कमजोर प्रतिपक्ष भएर बस्ने दाबी गरे । उनले चुनावपछि प्रचण्ड र माधव कुमार नेपाललाई समेटेर बाम गठबन्धन सरकार बन्ने सम्भावना भने नरहेको बताए । कसले कति सिट जित्ला भन्ने अनुमान भने नगर्ने उनले बताए ।

उनले ५ दलीय गठबन्धन अपिवित्र रहेको र एमालेले गठबन्धन नगर्ने र नगरेको बताए । उनले एमालेले केहि स्थानमा केहि सिटको लागि तालमेल मात्र गरेको र त्यसलाई गठबन्धन भन्न नमिल्ने बताए । उनले जसपा सँग गरिएको तालमेल चुनावको लागि र चुनावपछि पनि कायम रहने बताए ।

टिकट वितरणमा पार्टी भित्र देखिएको अशन्तुष्टीबारे उनले १६५ उम्मेदवार उठाउनु पर्ने भएको सबैलाई टिकट दिन नसकिने बताए । उनले एमाले कै कतिपय उपाध्यक्षहरुले टिकट नपाएको बताउदै सबैलाई टिकट दिन नसकिएको उल्लेख गरे । उनले प्रभु शाहले भने एमालेलाई धोका दिएको उल्लेख गरे । प्रभु शाहले एमालेबाट टिकट लिएर गएर स्वतन्त्र उम्मेदवारी दर्ता गरेर सो ठाउँमा एमालेलाई खालि राखेर षड्यन्त्र गरेको बताए । फरक प्रसङ्गमा उनले स्वतन्त्र उम्मेदवारहरुको उदयलाई स्वभाविक लिनु पर्ने तर दलको विकल्प दल नै हुने र स्वतन्त्र उम्मेदवार हुन नसक्ने बताए । 

उनले छिट्टै नै घोषणापत्र जारी गर्ने र देश बनाउने गरि प्रतिवद्दताका साथ घोषणापत्र आउने बताए । हिजो गरेका कामहरुको फ्ल्यासब्याक सहित अब गर्न बाँकि कामहरु समेटेर घोषणापत्र ल्याउने उनले बताए । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved