चुनाव आउँन ४० दिन बाँकी, आज उजुरीमाथि निर्णय गरी उम्मेदवारको सूची प्रकाशन हुँदै

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 11, 2022 | 08:48:29 AM मा प्रकाशित

laxmi  sunrise bank

आगामी मङ्सिर ४ को लागि तय भएको प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन आउँन अब ४० दिन बाँकि रहेको छ । निर्वाचन आयोगद्वारा स्वीकृत निर्वाचन कार्यतालिका अनुसार आज असोज २५ गते उम्मेदवारको नामावली सार्वजनिक गर्ने कार्यक्रम रहेको छ । 

आज साँझ ५ बजेसम्म मनोयन पत्र र उजुरी उपर जाँचबुझ गरि सो समबन्धमा निर्णय लिने र साँझ ७ बजे उम्मेदवारहरुको नामावली सार्वजनिक गर्ने कार्यक्रम रहेको छ । यी कार्य समबन्धित निर्वाचन अधिकृतको कार्यालयमा हुने छ । 

आयोगले हिजो सोमबार उम्मेदवार बिरुद्द उजुरी आह्वान गरेको थियो । नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेर बहादुर देउवाको उम्मेदवारी समेत रद्द गर्न उजुरी परेको छ । देउवाको नागरिकता र मतदाता परिचयपत्रमा जन्म मिति फरक रहेको भन्दै उनको उम्मेदवारी रद्द गर्न माग गरिएको छ । 

आज उम्मेदवारको नामावली सार्वजनिक गरेपछि असोज २६ गते दिउँसो १ बजेसम्म उम्मेदवारलाई उमेदवारी फिर्ता लिने भए समय दिने, दिउँसो ३ बजेसम्म उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गर्ने र साँझ ७ बजेसम्ममा उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गर्न कार्यक्रम रहेको छ ।

मङ्सिर ४ मा निर्वाचनको लागि प्रतिनिधिसभा तर्फ २२९१ पुरुष र २३५ महिला गरि कूल २५२६ उम्मेदवारले उम्मेदवारी दिएका छन् । त्यस्तै प्रदेशसभा तर्फ ३१७८ पुरुष, २९७ महिला , र १ अन्य गरि कूल ३४७६ उम्मेदवारले उम्मेदवारी दिएका छन् ।  

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved