६ महानगरपालिकाका उम्मेदवारबाट मात्र १५ करोड ६० लाख जरिवाना

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 11, 2022 | 11:39:48 AM मा प्रकाशित

laxmi  sunrise bank

गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा ६ महानगरपालिकामा उम्मेदवार भएका तर निर्वाचन आयोगलाई खर्च विवरण नबुझाएकाहरूबाट आयोगले १५ करोड भन्दा बढी जरिवाना उठाउने भएको छ ।

आयोगका अनुसार ६ महानगरपालिकामा उम्मेदवार भएका, तीमध्ये चुनाव जितेका र हारेका तर खर्च विवरण नबुझाएकाहरूको संख्या २ सय ८ रहेको छ ।

आयोगले खर्च विवरण नबुझाउनेहरू प्रत्येकलाई निर्वाचन आयोग ऐन २०७३ को दफा २४ बमोजिम आयोगले निर्धारण गरेको खर्चको हदअनुसार हुने गरी ७ लाख ५० हजार जरिवाना तोकेको हो ।

आयोगलाई खर्च नबुझाउनेमा विराटनगरको प्रमुखमा उम्मेदवारी दिएका नागेश कोइराला, विरगंजको प्रमुखमा उम्मेद्वारी दिएका बिजय सरावगी र राजेशमान सिंह, काठमाडौँको प्रमुखमा उम्मेदवारी दिएका केशव स्थापितलगायतका चर्चित नेताहरू पनि सामेल छन् ।

सबैलाई आयोगले गत साउन ३१ गतेभित्र खर्च विवरण पेश गर्न निर्देशन दिएको थियो । दिइएको समयभित्र खर्च विवरण पेश नगरेपछि ७ दिनभित्र स्पष्टिकरण पेश गर्न आयोगले अर्को निर्देशन जारी गरेको थियो ।

खर्च विवरण पेश नगरेका उम्मेदवारहरूले आयोगमा पेश गरेको स्पष्टिकरण चित्तबुझ्दो नभएको भन्दै ६ महानगरका प्रमुख लगायत अन्य पदमा उम्मेदवारी दिएकाहरूको नाम आयोगले आफ्नो वेबसाइटमा सार्वजनिक गरेको छ ।

हेर्नुहोस् सूची -


Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved