प्रत्यक्ष निर्वाचन लड्ने आँट गरेका एक दर्जन व्यवसायीको निर्वाचन क्षेत्र र प्रतिस्पर्धी [सूचीसहित]

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 11, 2022 | 02:58:00 PM मा प्रकाशित

laxmi  sunrise bank

यही मङ्सिर ४ गते एकै चरणमा हुन गइरहेको प्रतिनिधि सभाको निर्वाचनमा एक दर्जन भन्दा बढी व्यवसायी प्रत्यक्षतर्फ भिड्दैछन् ।

नेपालका विवादित डलर अरबपति विनोद चौधरी, राज्यमन्त्री उमेश श्रेष्ठलगायत एक दर्जन उद्योगी/व्यवसायीहरू प्रत्यक्ष चुनाव भिड्ने तयारी गरेपछि अधिकांशको चासो त्यतैतर्फ केन्द्रित छ ।

तीमध्ये कतिपय विवादित पृष्ठभूमिका छन्, कतिपय यसअघि पनि सांसद भइसकेका छन् भने कतिपयको अनुहार राजनीतिमा नयाँ छ ।

विनोद चौधरी - पश्चिम नवलपरासी १ (नेपाली कांग्रेस)

नेपाली उद्योगी, अर्बपति, राजनीतिज्ञ तथा समाजसेवी

मुख्य प्रतिस्पर्धी – हृदयेश त्रिपाठी (जनता प्रगतीशील पार्टी), सिन्धु लजेशा बुढाथोकी (नेकपा एमाले)

उमेश - श्रेष्ठ चितवन २ (नेपाली कांग्रेस)

शिक्षा, पर्यटन, ऊर्जा र बैंकिङ क्षेत्रमा लगानी

मुख्य प्रतिस्पर्धी – रवि लामिछाने (स्वतन्त्र पार्टी), कृष्णभक्त पोखरेल (नेकपा एमाले)

किसान श्रेष्ठ – बारा ४ (नेकपा एकीकृत समाजवादी)

म्यानपावर व्यवसाय, घरजग्गा कारोवारी

मुख्य प्रतिस्पर्धी – एकवाल मियाँ (नेकपा एमाले), रोहन कुमार (राप्रपा)

विक्रम पाण्डे – चितवन ३ (राप्रपा)

ठेकेदार, कालिका कन्स्ट्रक्सन, कालिका एफएम, कालिका पावर कम्पनी र कालिका टावरमा लगानी, पूर्व वनमन्त्री   

प्रतिस्पर्धी – डा. भोजराज पोखरेल (माओवादी केन्द्र), रामचन्द्र न्यौपाने (नेकपा एमाले), दिनेश कोइराला (कांग्रेस बागी), जगन्नाथ पौडेल (कांग्रेस बागी)

बालकृष्ण शिवाकोटी – दोलखा (नेकपा एमाले)

मेगा बैंकका सञ्चालक, कालिन्चोक केवलकार, १ दर्जन भन्दा बढी उद्योग व्यवसाय

मुख्य प्रतिस्पर्धी – गंगा कार्की (माओवादी केन्द्र)

सुनिल शर्मा – मोरङ ३ (नेपाली कांग्रेस)

मेडिकल व्यवसायी, विराटनगरको नोबल मेडिकल कलेज र काठमाडौं मेडिकल कलेजमा लगानी

मुख्य प्रतिस्पर्धी – भानुभक्त ढकाल (नेकपा एमाले), रेखा थापा (राप्रपा)

राजेन्द्र बजगाईं गोरखा १ (नेपाली कांग्रेस)

पर्यटन व्यवसायी

मुख्य प्रतिस्पर्धी - रामशरण बस्नेत (नेकपा एमाले), उदयबहादुर भट्ट (राप्रपा)

डा. वीरेन्द्र महतो – सिराहा ४ (जसपा)

व्यवसायी, माछापुच्छ्रे बैंकका अध्यक्ष

मुख्य प्रतिस्पर्धी - धर्मनाथ साह (नेकपा एस)

मोहन आचार्य – रसुवा (नेपाली कांग्रेस)

निवर्तमान सांसद, निर्माण व्यवसायी, रसुवा कन्स्ट्रक्सन

प्रतिस्पर्धी - छेवाङ तेन्जेन तामाङ (एमाले)

लुम्बिनी प्रादेशिक अस्पतालको ठेक्कामा अनियमितता गरेको आरोप

पूर्णबहादुर (कान्छाराम) तामाङ – रामेछाप (नेपाली कांग्रेस)

निर्माण व्यवसायी

प्रतिस्पर्धी – कैलाश ढुंगेल (नेकपा एमाले), देवशंकर पौडेल (नेकपा एस)

एलपी (लालप्रसाद) साँवा लिम्बु – झापा ४ (नेकपा एमाले)

राष्ट्रिय उद्योग व्यवसाय महासंघ, म्यानपावर व्यवसाय, जलविद्युत कम्पनीमा लगानी, निवर्तमान सांसद

प्रतिस्पर्धी – देउकुमार थेवे (नेपाली कांग्रेस), २०७४ सालमा थेवेलाई पराजित गरेको

दीपक खड्का - संखुवासभा (नेपाली कांग्रेस)

पर्यटन र जलविद्युत व्यवसायी, संखुवासभा कांग्रेस सभापति

प्रतिस्पर्धी – राजेन्द्र गौतम (एमाले)

नेपाल स्काउटको १२ रोपनी जग्गा कब्जा गरेको आरोप

२०७४ सालमा राजेन्द्र गौतमसँग पराजित

 

 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved