चुनाव आउँन ३९ दिन बाँकि: आज उम्मेदवारले नाम फिर्ता लिन सक्ने, आजै निर्वाचन चिन्ह वितरण

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 12, 2022 | 08:11:19 AM मा प्रकाशित

laxmi  sunrise bank

आगामी मङ्सिर ४ को लागि तय भएको प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन आउँन अब ३९ दिन बाँकि रहेको छ । निर्वाचन आयोगद्वारा स्वीकृत निर्वाचन कार्यतालिका अनुसार आज असोज २६ गते ३ वटा काम हुने छन् ।   

आज असोज २६ गते बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारलाई उमेदवारी फिर्ता लिने भए समय दिने, दिउँसो १ बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गर्ने र दिउँसो ३ बजेदेखि साँझ ७ बजेसम्ममा उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गर्न कार्यक्रम रहेको छ । यी सबै काम सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा हुने छन् ।  

यस अघि हिजो आयोगले उम्मेदवार विरुद्द परेको उजुरी उपर जाँचबुझ गरि उम्मेदवारको मनोनयन कायम राख्ने कि खारेज गर्ने भन्ने निर्णय गरिसकेको छ ।  


Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved