कांग्रेसको निर्देशन : गठबन्धनबाहिरका उम्मेदवारको पोस्टमा लाइकसमेत नगर्नू

बिजपाटी प्रदेश सम्बाददाता

बिजपाटी प्रदेश सम्बाददाता

Oct 12, 2022 | 10:13:07 AM मा प्रकाशित

laxmi  sunrise bank
नेपाली कांग्रेस कञ्चनपुरले सत्ता गठबन्धनका उम्मेदवारहरुविरुद्ध नलाग्न कार्यकर्तालाई कडा निर्देशन दिएको छ। जिल्ला कार्यसमितिका सचिव भीम भट्टले मंगलबार विज्ञप्ति जारी गर्दै वाम-लोकतान्त्रिक गठबन्धनका आधिकारिक उम्मेदवारबाहेक अन्यको पक्षपोषण नगर्न निर्देशन दिएका हुन्।

‘आधिकारिक उम्मेदवारबाहेकलाई पक्षपोषण हुने गरी कुनै किसिमका अभिव्यक्ति नदिन, सामाजिक सञ्जालमा पोष्ट, कमेन्ट र लाइक तथा कुनै प्रचारप्रसार जस्ता कार्य नगर्न अनुरोध छ,’ विज्ञप्तिमा भनिएको छ। यस्तै लोकतान्त्रिक-वाम गठबन्धनका विपक्षमा कुनै किसिमका अभिव्यक्ति नदिन र सामाजिक सञ्जालमा टिप्पणी नगर्न पनि कांग्रेसले निर्देशन दिएको छ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved