दिपक मनाङे निर्विरोध निर्वाचित

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 12, 2022 | 12:19:43 PM मा प्रकाशित

laxmi  sunrise bank

मनाङबाट प्रदेश सभा सदस्यमा स्वतन्त्र उम्मेदवार दिपक मनाङे (राजीव गुरुङ )  निर्विरोध निर्वाचित भएका छन् । मनाङ प्रदेश सभा ‘ख’ बाट स्वतन्त्र उम्मेदवारी दिएका मनाङेका एक मात्र प्रतिस्पर्धीले उम्मेदवारी फिर्ता लिएपछि मनाङे निर्विरोध निर्वाचित भएका हुन्।

मनाङे  विरुद्द  दार्जे लामा गुरुङले उम्मेदवारी दिएका थिए । तर दार्जे लामा गुरुङले उम्मेदवारी फिर्ता लिए सँगै मनाङेको एक मात्र उम्मेदवारी कायम रहेकोले उनी निर्विरोध निर्वाचित भएका हुन्। निर्वाचन अधिकृतको कार्यालयले आज नै यसको औपचारिक घोषणा गर्ने भएको छ । 

सो क्षेत्रमा मनाङेलाई सुरुमा गठबन्धनले सहयोग गरेको थियो।  तर उनले आफुले गठबन्धन छोडेको बताएपछि एमालेले उनलाई सहयोग गर्दै आफ्नो उम्मेदवार नउठाएको हो । 

मनाङे यस अघि पनि सोहि क्षेत्रबाट प्रदेश सांसद जितेका थिए । मनाङे २०७४ मा पनि स्वतन्त्र उम्मेदवार थिए । गण्डकी प्रदेशमा पृथ्वीसुब्बा गुरुङ नेतृत्वको सरकार बन्दा मनाङे युवा तथा खेलकुद मन्त्री बनेका थिए । पृथ्वीसुब्बा गुरुङको सरकार अल्पमतमा परेपछि मनाङेले गठबन्धनलाई सहयोग गर्दै कृष्णचन्द्र पोखरेल नेतृत्वको सरकारलाई समर्थन गरे । हाल पनि मनाङे कृष्णचन्द्र पोखरेल नेतृत्वको सरकारमा युवा तथा खेलकुद मन्त्री छन् ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved