३७६ जनाले लिए उम्मेदवारी फिर्ता, निर्वाचन चिन्ह वितरणको काम पनि सम्पन्न

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 12, 2022 | 09:15:22 PM मा प्रकाशित

laxmi  sunrise bank

मंसिर ४ मा हुने निर्वाचनका लागि दर्ता भएका उम्मेदवारमध्ये ३७६ जनाले उम्मेदवारी फिर्ता लिएको निर्वाचन आयोगले जनाएको छ । आयोगका अनुसार प्रतिनिधिसभा तर्फ ११९ र प्रदेशसभा तर्फ २५७ उम्मेदवारी फिर्ता लिएको प्रारम्भिक विवरण आयोगलाई प्राप्त भएको छ

कतिपय निर्वाचन अधिकृतको कार्यालयबाट अनलाइन प्रणालीमा विवरण प्रविष्ट हुन बाँकि रहेकोले यो संख्या केहि बढ्न सक्ने आयोगले जनाएको छ । आयोगका अनुसार  २५७ जनाले उम्मेदवारी फिर्ता लिएपछि प्रतिनिधिसभा तर्फ २१८७ पुरुष र २२५ महिला गरि कूल २४१२ उम्मेदवार कायम रहेको प्रारम्भिक विवरण छ । त्यस्तै प्रदेशसभा तर्फ २९४३ पुरुष, २८० महिला र १ अन्य गरि कुल ३२२४ उम्मेदवार कायम रहेको आयोगको प्रारम्भिक विवरण छ । 

आयोगले आज उम्मेदवारी फिर्ता लिनलाई समय दिएको थियो । समबन्धित निर्वाचन अधिकृतको कार्यालयहरुले आज नै उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन गरि आज नै उम्मेदवारहरुलाई निर्वाचन चिन्ह वितरण गरि सकेका छन् । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved