निर्वाचन आयोगद्वारा निर्वाचन सामाग्री पठाउन शुरु

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 14, 2022 | 05:09:47 PM मा प्रकाशित

laxmi  sunrise bank

निर्वाचन आयोगले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि आवश्यक सामाग्रीहरू सम्बन्धित निर्वाचन अधिकृतको कार्यलयमा पठाउन शुरु गरेको छ । निर्वाचन आयोगका सचिव गोकर्णमणि दुवाडीले शुक्रबार प्रदेश १ का लागि आठ ट्रक सामान पठाईएको जानकारी दिए।

उनका अनुसार अन्य प्रदेशका लागि आवश्यक निर्वाचन सामाग्री पनि धमाधम पठाउने तयारी भइरहेको छ । यसैबीच शुक्रबार निर्वाचन आयोगको केन्द्रीय कार्यलय बहादुर भवनमा आयोजित एक कार्यक्रमलाई संबोधन गर्दै सचिव दुवाडीले निर्वाचन आयोग मतदाताहरूलाई निर्वाचन शिक्षा प्रदान गर्न काम गरिरहेको बताए ।

‘मतदाता शिक्षाका लागि मुख्य प्रशिक्षक प्रशिक्षण’ दिन आयोजित कार्यक्रममा उनले मतदातालाई मतादान केन्द्रसम्म ल्याएर बढिभन्दा बढि मतदान गराउन र बढिभन्दा बढि सदर मत गराउन मुख्य प्रशिक्षक प्रशिक्षण कार्यक्रम सहयोगी हुने विश्वास व्यक्त गरे । मतदाता शिक्षा सञ्चालन गर्न निर्वाचन आयोगको भूमिकामा सरोकारवाला राजनीतिक दहरुले पनि सहयोग गर्नुपर्नेभन्दै स्थानीय सरकारले पनि यसामा ध्यान दिनुपर्ने बताए । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved