निर्वाचनका लागि कल सेन्टरको शुभारम्भ, निशुल्क प्रश्न सोध्न सकिने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 15, 2022 | 12:19:05 PM मा प्रकाशित

laxmi  sunrise bank

निर्वाचन आयोगले मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनलाई लक्षित गर्दै आजदेखि कल सेन्टरको सञ्चालन गरेको छ । मतदाता शिक्षा तथा निर्वाचनसँग सम्बन्धित सरोकारवालाका प्रश्न तथा जिज्ञाशा लिई सम्बोधन गर्न स्थापित कल सेन्टरको प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले शुभारम्भ गरेका हुन्।

निःशुल्क रहेको (टोल फ्रि नं.) ११०२ नम्बरमा जुनसुकै दूर सञ्चार सेवा प्रदायकका फोनबाट सम्पर्क गर्न सकिने गरी उक्त सेवा सञ्चालनमा आएको हो । कल सेन्टर २४ घण्टा नै सञ्चालनमा रहने छ । यद्यपी तत्कालका लागि कर्मचारीहरु भने दैनिक बिहान ९ बजेदेखि साँझ ७ बजेसम्म रहने आयोगले जनाएको छ।

उनीहरु नभएको अवस्थामा सरोकारवालाको प्रश्न स्वत रेकर्ड हुने व्यवस्था गरिएको थपलियाले बताए । आयोगका अनुसार उक्त रेकर्डेड प्रश्नलाई पछि कर्मचारीहरुले सुनेर सम्बन्धित व्यक्तिको उत्तर दिने व्यवस्था गरिएको छ । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved