
सामाजिक सुरक्षा कोषमा आबद्दताको बिषयलाई लिएर बैंकिङ क्षेत्रबाट आन्दोलन सुरु भएको छ। बैंक बित्त तथा बीमा कम्पनीका २९ सँस्थाले राखेको १५ बुंदे माग बारेमा सकारात्मक जवाफ नआएपछि बैंकिङ क्षेत्रबाट आन्दोलन सुरु भएको हो।
कोष विरुद्ध माछापुच्छ्रे बैंकको कर्मचारी यूनियनले आजबाट आन्दोलनको कार्यक्रम सुरु गरेको हो । बैंकका सबै शाखाहरुमा कोष विरुद्ध कालो ब्यानरमा मागहरु बनाएर विरोधको कर्यक्रम सुरु गरिएको बैंकको कर्मचरी युनियनका अध्यक्ष तथा नेपाल वित्तीय संस्था कर्मचारी संघका उपमहासचिव विकास श्रेष्ठले विजपाटीलाई बताए ।
भोलीबाट नबिल लगायतका अन्य बैंकहरुले पनि आन्दोलन थाल्ने जनाएका छन् । संघले छिट्टै नै आन्दोलनको कार्यक्रम सार्वजनिक गर्ने जनाएको छ । सामाजिक सुरक्षा कोषले आफुहरुको मागलाई सम्बोधन नगरेकाले आफुहरुले आन्दोलन सुरु गरेको कर्मचारी संघका नेताहरुको भनाई छ।
यो पनि:
-सामाजिक सुरक्षा कोषसँग बैंकरहरुका अनुत्तरित १५ प्रश्न
-आफ्नै पैसा पाउन बुढेशकालमा कि विदेशिनु पर्ने कि मर्नु पर्ने भएपछि सामाजिक सुरक्षा कोषमा को जान्छ ?
-आफ्नै पैसा फिर्ता पाउन नागरिकता त्याग्नु पर्ने भएपछि सामाजिक सुरक्षा कोषमा को जान्छ ?
सामाजिक सुरक्षा कोषको बिध्यामन ऐन, नियमावली, कार्यविधिमा भएका व्यवस्था, योजना र सर्तअनुसार आबद्द हुँदा बैंक, बित्त तथा बीमा कम्पनीका विगत ३० बर्षदेखि काम गर्दै आएका कर्मचारीहरु अहिलेसम्म पाउदै आएको सेवा सुविधाबाट बन्चित हुने भएकाले बिध्यमान व्यवस्था संसोधन गरिनु पर्ने संघको माग छ ।
यस अघि: यो उदाहरण हेर्नुस्, किन सामाजिक सुरक्षा कोषमा जान भन्दा जागिर छाड्न तयार छन् बैंकका कर्मचारी ?
सामाजिक सुरक्षा कोषकै कारण बैंक, बित्त तथा बीमा कम्पनीहरुमा डर त्रास र भयको वातावरण सृजना भएको र यो कार्य बन्द नभएकामा शसक्त आन्दोलन गर्ने तयारी भएको संघले जनाएको छ।