यो उदाहरण हेर्नुस्, किन सामाजिक सुरक्षा कोषमा जान भन्दा जागिर छाड्न तयार छन् बैंकका कर्मचारी ?

केशव सुवेदी/बिजपाटी

केशव सुवेदी/बिजपाटी

Jun 23, 2021 | 09:41:12 AM मा प्रकाशित

laxmi sunrise bank

चालू आर्थिक वर्षमै आबद्द हुँदा उपदान सहितको विभिन्न तीन विकल्प हुने आश्वाशन पाएपनि बैंक वित्तीय संस्थाका कर्मचारीहरु अझैं पनि सामाजिक सुरक्षा कोषमा दर्ता हुन सकिरहेका छैनन्। आबद्द हुन नसक्नुको मूल कारण योगदानमा आधारित सामाजिक सुरक्षा कोष ऐन तथा कार्यविधिमा यी विकल्पहरु स्पष्ट नभएको बैंकका कर्मचारीले बताएका छन्। 

कोषको कार्यविधिमा उल्लेख दुर्घटना र उपदान बापत पाउने सुविधामा कम गुनासो भएपनि वर्षौंदेखि संचय कोष बापत जम्मा भएको ठुलो रकम एकमुष्ट नपाईने व्यवस्थाप्रति भने कर्मचारीहरुको ठुलो असन्तुष्टि रहँदै आएको छ। 

बर्षौंदेखि जम्मा गर्दै आएको पैसा चाहेको बेला एकमुष्ट झिक्न पनि नपाइने, बरु बर्षौंदेखि जम्मा भएको पैसालाई उल्टै १६० ले भाग गरेर त्यसलाई  पेन्सनको रुपमा दिने सामाजिक सुरक्षा कोषको व्यवस्था नै अहिलेको सबैभन्दा ठुलो असन्तुष्टिको बिषय रहेको बैंकका कर्मचारीको भनाइ छ।

यो पनि:  अन्य बैंक आन्दोलित हुँदा लक्ष्मी मात्रै सामाजिक सुरक्षा कोषमा दर्ता, के होला खास कारण ?

यो व्यवस्था ऐन मार्फत नै संसोधन नहुँदासम्म आफुहरु कोषमा आबद्द नहुने कर्मचारीहरुको अडान रहँदै आएको छ भने सामाजिक सुरक्षा कोषले पनि तत्कालै ऐन संसोधन गरेर यो असन्तुष्टि सम्बोधन गर्न नसक्ने बताउदै आएको छ। यहि कारण आजका दिनमा पनि सामाजिक सुरक्षा कोषमा आबद्द हुने बिषयलाई लिएर बैंकका कर्मचारीहरु आन्दोलित र अन्यौलको अवस्थामा देखिन्छन्। 

एउटा बैंकका कर्मचारीले जति समय सम्म संचय कोष र नागरिक लगानी कोष वा बैंककै अवकाश कोषमा जति पैसा जम्मा गर्छन त्यति नै पैसामा तोकिएको ब्याज समेत थप गरी आफूले चाहेको बेला एकमुष्ट फिर्ता पाउँछन् तर सामाजिक सुरक्षा कोषमा आबद्द हुँदा अवकाश कोष बापतको पैसा एकमुष्ट फिर्ता पाइने भएपनि संचय कोषमा राखे झैँ त्यो पैसा सामाजिक सुरक्षा कोष अन्तर्गत राख्दा उक्त पैसालाई १६० ले भाग गरेर आउने पैसा मासिक रुपमा पेन्सन बापत प्राप्त हुन्छ तर एकमुष्ट प्राप्त हुँदैन। यहि व्यवस्थाका कारण कर्मचारीहरु विशेषगरी बैंकका कर्मचारीहरु कोषमा आबद्द हुन नचाहेका हुन्।

यो पनि: 

-सामाजिक सुरक्षा कोषसँग बैंकरहरुका अनुत्तरित १५ प्रश्न
-आफ्नै पैसा पाउन बुढेशकालमा कि विदेशिनु पर्ने कि मर्नु पर्ने भएपछि सामाजिक सुरक्षा  कोषमा को जान्छ ?
-आफ्नै पैसा फिर्ता पाउन नागरिकता त्याग्नु पर्ने भएपछि सामाजिक सुरक्षा कोषमा को जान्छ ?

जस्तो महिनाको आधारभूत तलब २०,००० र उपदान बापत प्रत्येक बर्ष अतिरिक्त २ महिनाको आधारभूत तलब पाउने एउटा कर्मचारी छ र उसले २० बर्षसम्म काम गरेको छ भने सामान्य रुपमा हिसाब गर्दा,सामाजिक सुरक्षा कोषमा आबद्द नहुँदा आधारभूत तलब बापत प्रत्येक महिना ४ हजार रुपैयाँ संचय कोषमा जम्मा हुन्छ, जसमा १० प्रतिशतले हुन् आउने २००० रुपैया उनको आधारभूत तलबबाट र १० प्रतिशतले हुन आउने २००० उनले काम गर्ने बैंकले कोषमा जम्मा हुन्छ। त्यस्तै उपदान बापत प्रत्येक वर्ष अतिरिक्त २ महिनाको आधारभूत तलब बापत ४०,००० रुपैयाँ नागरिक लगानी कोषमा जम्मा हुन्छ।    

र २० बर्षपछि उसले संचय कोषमा जम्मा भएको ९ लाख ६०,००० र त्यसमा जोडिने ब्याज एकमुष्ट पाउँछ तर यहि व्यक्ति यदि सामाजिक सुरक्षा कोषमा आबद्द थियो भने वा हुन्छ भने उसले उक्त ९ लाख ६०,००० लाई १६० ले भाग गरेर आउने ६००० रुपैयाँ मासिक रुपमा पेन्सन पाउँछ तर उसको ९ लाख ६०,००० पैसा 'ढुस' हुन्छ।

यो पनि:
-सामाजिक सुरक्षा कोषबारे बजार हल्ला: कति भ्रम, कति यथार्थ ?
-सामाजिक सुरक्षा कोष: सरकारी कर्मचारीलाई नयाँ युग, निजीलाई निरङ्कुश

जबकी यदि उक्त कर्मचारीले संचय कोषबाट एकमुष्ट ९ लाख ६०,००० पाउँथ्यो र त्यो पैसालाई कुनै बैंकमा मुद्दती खातामा राख्थ्यो भनेपनि औषतमा वार्षिक ९६००० पाउँथ्यो अर्थात् मासिक रुपमा ८००० खातामा आउँथ्यो। सामाजिक सुरक्षा कोषमा आबद्द नहुँदा न सावा ढुस हुने न मासिक रुपमा आउने पैसा कम हुने व्यवस्थाकै कारण बैंक वित्तीय संस्थाका कर्मचारीहरु कोषमा जान नचाहेका हुन्। 

अन्य कुरामा असन्तुष्टि भएपनि मुख्य कुरा आफ्नो सावाँ ढुस नहुने सुनिस्चितता नहुँदासम्म कुनै पनि हालतमा सामाजिक सुरक्षा कोषमा आबद्द हुन नसकिने बैंक वित्तीय सँस्थाका कर्मचारीको अडान रहँदै आएको छ। 

बर्षौदेखि जम्मा गरेको पैसा एकमुष्ट नपाइने सामाजिक सुरक्षा कोषका बिध्यमान व्यवस्था आफुहरुको लागि मात्र नभई आगामी दिनमा बैंक वित्तीय सँस्था जस्ता संगठित संस्थामा काम गर्ने कर्मचारीहरुको लागि पनि हानिकारक भएको उनीहरुको निश्कर्ष रहेको छ।   

सामाजिक सुरक्षा कोषले ऐन संसोधन नगरी आफुहरुलाई कोषमा दर्ता हुन बाध्य पारे आफुहरु अदालत जाने र अन्तिम अवस्था आए जागिर छाड्न तयार रहेको बैंकका कर्मचारीहरुले बताउन थालेका छन् । केही बैंकका कर्मचारीले यही कारणले जागिर समेत छाडिसकेको अवस्था छ। 

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved