सामाजिक सुरक्षा कोष बिरुद्द बैंक तथा वित्तीय सँस्थाका कर्मचारीबाट आन्दोलन सुरु

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 29, 2021 | 11:39:13 PM मा प्रकाशित

laxmi sunrise bank

सामाजिक सुरक्षा कोषमा आबद्दताको बिषयलाई लिएर बैंकिङ क्षेत्रबाट आन्दोलन सुरु भएको छ। बैंक बित्त तथा बीमा कम्पनीका २९ सँस्थाले १५ बुंदे माग राखेर जारी गरेको बिज्ञप्तीको सकारात्मक जवाफ नआएपछि बैंकिङ क्षेत्रका कर्मचारीबाट आन्दोलन सुरु भएको हो।

आफुहरुको माग सम्बोधन नभएसम्म कुनैपनि हालतमा आबद्द हुन नसकिने अडान राख्दै बैंक बित्त तथा बीमा कम्पनीले अगाडी सारेका १५ बुंदे मागलाई कोषले बेवास्ता गरेपछि सन्देशमुलक आन्दोलन थालिएको कर्मचारी संघका नेताहरुको भनाई छ। 

सामाजिक सुरक्षा कोषले आफुहरुको मागलाई सम्बोधन नगरेकाले आफुहरुले अहिलेलाई चेतावनीमुलक आन्दोलन सुरु गरेको तर माग सम्बोधनको साट्टो पेलेर अगाडी बढे कोष बिरुद्द शसक्त आन्दोलन गर्ने कर्मचारी संघका नेताहरुले चेतावनी दिएका छन्। 

यो पनि: 

-सामाजिक सुरक्षा कोषसँग बैंकरहरुका अनुत्तरित १५ प्रश्न
-आफ्नै पैसा पाउन बुढेशकालमा कि विदेशिनु पर्ने कि मर्नु पर्ने भएपछि सामाजिक सुरक्षा  कोषमा को जान्छ ?
-आफ्नै पैसा फिर्ता पाउन नागरिकता त्याग्नु पर्ने भएपछि सामाजिक सुरक्षा कोषमा को जान्छ ?

माछापुच्छ्रे बैंकका कर्मचारीहरुले आज एक कार्यक्रम मार्फत संदेशमुलक आन्दोलनको सुरुवात भएको छ। बैंकका सबै शाखाहरुमा कालो ब्यानरमा मागहरु बनाएर विरोधको कर्यक्रम सुरु गरिएको नेपाल वित्तीय संस्था कर्मचारी संघका उपमहासचिव समेत रहेका बैंकको कर्मचारी युनियनका अध्यक्ष विकास श्रेष्ठले बिजपाटीलाई बताए।

त्यस्तै मेगा बैंक, बैंक अफ काठमान्डू,  नेपाल बंगालदेश बैक तथा डिप्रोक्स लघुवित्त वित्तीय सँस्थाका कर्मचारीहरुले समेत आज एक कार्यक्रमको आयोजना गरि सन्देशमुलक आन्दोलनको सुरुवात गरेका छन्। मेगामा पनि बैंकका सबै शाखाहरुमा कालो ब्यानरमा मागहरु बनाएर विरोधको कर्यक्रम सुरु गरिएको छ। 

१५ बुंदे माग पुरा हुनुपर्ने र माग पुरा नभए कडा आन्दोलनमा जाने निर्णयलाई साथ दिंदै माछापुछ्रे र मेगा बैंकले सुरु गरेको संदेशमुलक आन्दोलनलाई भोलिदेखि नबिल लगायतका कमर्शियल बैंकका कर्मचारीहरुले समेत साथ दिने नबिल बैंकका कर्मचारी संघका अध्यक्ष सबिन भट्टराईले जानकारी दिएका छन्। 

उनकाअनुसार सामाजिक सुरक्षा कोषले असन्तुष्ट कर्मचारीहरुको मागलाई सम्बोधन गर्नलाई छलफल तथा सम्बाद गर्नुपर्नेमा उल्टै पेलेर जाने रणनीति अख्तियार गरेकाले बैंकका कर्मचारीले आन्दोलन थालेका हुन्। अहिलेको आन्दोलन संदेशमुलक भएको तर यत्तिले पनि नभए शसक्त आन्दोलन गर्ने उनले बिजपाटीलाई बताए। उनकाअनुसार संघले छिट्टै नै आन्दोलनको कार्यक्रम सार्वजनिक गर्नेछ।   

यो पनि: आफ्नै पैसा पाउन बुढेशकालमा कि विदेशिनु पर्ने कि मर्नु पर्ने भएपछि सामाजिक सुरक्षा कोषमा को जान्छ ?

योगदानमा आधारित सामाजिक सुरक्षा कोष भनिए पनि योगदान गरेअनुसारको सेवा सुविधा नभएको, निजामती तथा निजी संस्थाका कर्मचारीले पाउने सेवा सुविधामा विभेद गरिएको, ६० वर्षको उमेरसम्म योगदान गर्नुपर्ने र त्यसपश्चात १६० ले भाग गरेर आउने रकम पेन्सनको रुपमा मासिक रुपमा पाइने व्यवस्था गरिएको, उपदानको मात्र नभई निर्बृत्तभरण अन्तर्गतको पैसा पनि एकमुष्ट पाउनुपर्ने, र आफ्ना मागहरु कार्यविधिमा नभई ऐन मार्फत नै सम्बोधन गरिनुपर्ने लगायतका माग राख्दै बैंक बित्त तथा बीमा कम्पनीका २९ सँस्थाहरुले आन्दोलन थालेका हुन्। 

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved