आन्दोलित कर्मचारी र सामाजिक सुरक्षा कोषको विवाद मिलाउन बैंकर्स संघले पहल गर्ने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 01, 2021 | 06:20:35 PM मा प्रकाशित

laxmi sunrise bank

सामाजिक सुरक्षा कोष र बैंकका कर्मचारी बीचको विवाद मिलाउन नेपाल बैंकर्स संघले पहल गर्ने भएको छ । बैंकर्स संघको आज बसेको बैठकमा दुवै पक्षको विवाद मिलाउन समन्वय गर्ने विषयमा छलफल भएकाे संघका प्रमुख कार्यकरी अधिकृत अनिल शर्माले जानकारी दिए।

सामाजिक सुरक्षा कोष र कर्मचारीहरु बीच के कसरी समन्वय गर्न सकिन्छ  भनेर  संघले छलफल गरेको उनले बताए ।

'कोष र कर्मचारी बीच कसरी छलफल गरेर टुङ्गाउन सकिन्छ भनेर छलफल भएको हो ।’ उनले भने ‘नीति नियमसँग सम्बन्धित कुराहरु भएकोले केही उपाय निस्किन्छ की कोशीस गरौँ भनेर कुरा भएको हो ।’  

उनले थपे ‘आन्दोलन गरेर कोही कसैलाई फाइदा छैन । समन्यव गरेर समस्याको समाधान निकाल्नु पर्छ ।’

याे पनि ः सामाजिक सुरक्षा कोष विरुद्द बैंक वित्तीय संस्थाका कर्मचारीद्वारा देशब्यापी आन्दोलन सुरु

       ः सामाजिक सुरक्षा कोषसँग बैंक बित्त र बीमाका २९ संस्थाद्वारा १५ बुंदे माग, पुरा नभए कडा आन्दोलन

बैंक बित्त तथा बीमा कम्पनीका २९ संस्थाले राखेको १५ बुंदे माग बारेमा सकारात्मक जवाफ नआएपछि बैंकिङ क्षेत्रबाट आन्दोलन सुरु भएको थियाे। सामाजिक सुरक्षा कोषमा आवद्ध हुदाँ कर्मचारीले खाईपाई आएको सुविधाहरु गुम्ने, सरकारी कर्मचारी र बैंक वित्तीय संस्थाहरुको कर्मचरीहरु बीच विभेद गरिएको, कार्यविधिमा भएको कुराहरु ऐनमा नै व्यवस्था गर्नु पर्ने र अहिलेको विध्यमान व्यवस्था संसोधन गरिनु पर्ने  जस्ता माग उनीहरूकाे छ ।  

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved