धितोपत्र बोर्ड कर्मचारी युनियनको अध्यक्षमा राजु जिसी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 03, 2021 | 10:38:09 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल धितोपत्र बोर्ड कर्मचारी युनियनको अध्यक्षमा राजु बहादुर जिसी सर्वसम्मत चयन भएका छन् । शुक्रबार सम्पन्न विशेष अधिवेशनले जिसी नेतृत्वमा नयाँ कार्य समिति चयन गरेको ।

नयाँ कार्यसमितिको बरिष्ठ उपाध्यक्षमा गौरब बिष्ट, उपाध्यक्षमा बसन्त रसाईली, सचिवमा बिपिन सापकोटा, कोषाध्यक्षमा सोनु खड्का, र सदस्यहरुमा अजय ढुंगाना, संगम राई, दिपिका मास्के र बिनोद महर्जन सर्वसम्मत चयन भएका छन् ।

युनियनमा १४ वर्ष देखि जिसी नै अध्यक्ष थिए । उनले डेढ वर्ष अघि मात्र नेतृत्व हस्तान्तरण गरि विश्राम लिने निर्णय गरेकोमा कर्मचारीहरुले माग  गरेपछि विशेष अधिवेशनले जिसीको नेतृत्वमा नयाँ कार्यसमिति गठन गरेको हो ।  कार्यसमितिको कार्यकाल २ बर्षको हुनेछ । 

अध्यक्ष जिसी हाल नेपाल वित्तीय कर्मचारी संघ (फियुन) को केन्द्रीय समिति उपाध्यक्ष समेत छन्  ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved