सामाजिक सुरक्षा कोषको विवादबारे प्रधानमन्त्री कार्यालयको चाँसो, बैंकर संघसँग गर्यो छलफल

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 04, 2021 | 04:42:06 PM मा प्रकाशित

laxmi  sunrise bank

कमर्शियल बैंकहरुको छाता संगठन नेपाल बैंकर्स संघले सामाजिक सुरक्षा कोषमा आबद्दताको बिषयलाई स्वेच्छिक गर्नलाई आग्रह गरेको छ। प्रधानमन्त्रीका प्रमुख सल्लाहकार बिष्णु रिमाललाई भेटेर बैंकर संघका अध्यक्ष भुवन दाहाल सहितको टिमले यस्तो आग्रह गरेका हुन्। 

जसका लागि ल्याइएको हो उनीहरुनै आन्दोलनमा जानुपर्ने स्थिति आउनु कसैको लागि पनि राम्रो नभएकाले सामाजिक सुरक्षा कोषमा आबद्दताको बिषय स्वेच्छिक गरिनुपर्ने आग्रह गरिएको सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत समेत रहेका संघका अध्यक्ष दाहालले बिजपाटीलाई बताए। 

"योगदानमा आधारित सामाजिक सुरक्षा कोषको 'कन्सेप्ट' राम्रो छ, तर जसको लागि ल्याइएको हो उनीहरुलाई यो राम्र र सुरक्षित छ भन्ने बिश्वास दिलाउनुपर्छ र यसका लागि कोषमा आबद्द हुने बिषय स्वेच्छिक बनाईदिनु पर्छ भनेर आग्रह गरेका छौं" अध्यक्ष दाहालले भने।

भोलिका दिनमा कोषमा भएका सेवा सुविधा राम्रो छ भन्ने लाग्यो भने सबै कर्मचारीहरु स्वत कोषमा आबद्द हुने भएकाले यसलाई अहिलेलाई स्वेच्छिक बनाउनुपर्ने आग्रह गरिएको उनले बताए। 

आफुहरुको आग्रहमा प्रधानमन्त्रीका सल्लाहकार बिष्णु रिमाल सकारात्मक भएको र यसको लागि छलफल अगाडी बढाउने प्रतिकृया दिएको अध्यक्ष दाहालले बताए। प्रधानमन्त्रीका सल्लाहकार रिमाल नेपाल ट्रेड युनियन महासंघ(​जिफन्ट) का पुर्वअध्यक्ष समेत हुन्। 

प्रधानमन्त्री कार्यलय सिंहदरबारमा प्रधानमन्त्रीका सल्लाहकार रिमालसंगको छलफलमा बैंकर संघको तर्फबाट नबिल बैंकका सीईओ अनिल शाह तथा बैंकर संघका प्रमुख कार्यकारी अधिकृत अनिल शर्माको पनि उपस्थिति रहेको थियो। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved