सासु र संचय कोषका कारण सोल्टीका कर्मचारी समस्यामा, भन्छन्-'निल्नु न ओकल्नु भयो'

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 05, 2021 | 03:58:23 PM मा प्रकाशित

laxmi  sunrise bank

सामाजिक सुरक्षा कोषमा आबद्द भएकै कारण नेपालको अग्रज होटल मध्येको एक सोल्टी होटलका कर्मचारीहरु ठुलो समस्यामा परेका छन्। २०७५ मङ्सिर ११ देखि सुरु भएको सामाजिक सुरक्षा कोषमा २०७७ चैत २८ बाट कोषमा दर्ता भएका सोल्टीका कर्मचारीहरु अहिले समस्यामा परेका हुन्। 

कोषमा दर्ता हुनु अगाडी आफुहरुले संचय कोषमा जम्मा गरेको पैसा झिक्न नपाएको र नियमित जम्मा नहुँदा जम्मा हुन् छाडेको ६ बर्षपछि ब्याज रकम समेत नपाउने अवस्था आएकोले आफुहरु ठुलो समस्यामा परेको उनीहरुको भनाई छ। 

अहिले सामाजिक सुरक्षा कोषमा संचय कोष बापतको पैसा जम्मा हुन थालेपछि हिजोका दिनसम्म संचय कोषमा जम्मा हुँदै आएको रकमको ब्याज पनि नपाएको र त्यो पिसा झिक्न पनि नपाएकाले आफुहरु ठुलो मारमा परेको 'नेपाल पर्यटन तथा होटल सम्बद्द श्रमिक संघ' सोल्टी होटल तथा नेपाल ट्रेड युनियन कांग्रेस ललितपुरका अध्यक्ष कमल कुमार बिष्टले बिजपाटीलाई बताए। 

एकातर्फ आफुहरुले बर्षौदेखि जम्मा गरेको पैसा झिक्न नपाइने तथा अर्को तर्फ सामाजिक सुरक्षा कोषमा योगदान गर्न थालेपछि यता नियमित योगदान नहुँदा जम्मा भएको पैसामा आउने ब्याज समेत नपाइएको बिष्टको भनाई छ। 

जागिर छाडेको, मृत्यु भएको वा अवकाश पाएको प्रमाण जुटेमा मात्र संचय कोषमा जम्मा भएको पैसा फिर्ता पाइने कानुनी प्राबधान रहेकोले आफुहरुले त्यहाँ जम्मा भएको पैसा झिक्न नपाएको बिष्टको गुनासो छ।

सामाजिक सुरक्षा कोषमा दर्ता हुनु अगाडी संचय कोषमा जम्मा भएको पैसाको ८० प्रतिशत रकम आफुहरुले बिभिन्न प्रयोजनका लागि ऋण लिइसकेको तर अहिले आएर ऋणको ब्याज तिर्नुपरेको तर नियमित जम्मा नहुँदा बिगतमा कोषमा जम्मा भएको पैसाको ब्याज नपाएकाले आफुहरु दोहोरो मारमा परेको बिष्टले बताए। 

त्यस्तै अहिलेकै अवस्थामा संचय कोषमा जम्मा भएको पैसा सामाजिक सुरक्षा कोषमा रकमान्तरण हुँदा आफुहरुमाथि ठुलो घात हुने उनको भनाई छ। संचय कोषमा जम्मा भएको पैसा सिधै सामाजिक सुरक्षा कोषमा जाँदा यसले न अहिलेसम्म जम्मा भएको पैसाप्रति न्याय गर्ने, न ऋणको स्पष्ट हिसाब हुने, नत ब्याजको हिसाब हुने बिष्टको भनाई छ।   

यो पनि: आफ्नै पैसा झिक्न नपाउँदा अप्ठ्यारोमा कर्मचारी, सासु र संचयकोषमाथि समन्वय नगरेको आरोप

आफुहरुले यस बिषयमा कर्मचारी संचय कोषका जिम्मेवारहरुसंग छलफल गर्दा नियमित रुपमा जम्मा हुन छाडेको दिनदेखिको ६ बर्षसम्म जम्मा भएको पैसाको ब्याज दिने र त्यस समयसम्म जम्मा गर्नुपर्ने रकम जम्मा नभए अहिलेसम्म ब्याज नपाइने जवाफ आफुले पाएको बिष्टले बिजपाटीलाई बताए।

कानुनी प्राबधानकै कारण अप्ठ्यारो पर्दा पनि संचय कोषमा जम्मा भएको पैसा फिर्ता पाउन नसकिएको बिष्टको गुनासो रहेको छ। जागिरकै अवस्थामा रोजगारी छाडेको प्रमाण पनि नजुट्ने र अवकाश लिनलाई उमेर पनि बाँकी रहेकाले आफुहरु लगायत सोल्टी होटलका कर्मचारीहरु अप्ठ्यारोमा परेको बिष्टले बताए।

संचय कोषमा जम्मा गरेको पैसा फिर्ता नपाउने अवस्थामा भएकाले आफुहरुको सामाजिक सुरक्षा कोषमा दर्ता हुने निर्णय निल्नु न ओकल्नु भएको बिष्टले बताए।     

यो पनि: 

-सामाजिक सुरक्षा कोषसँग बैंकरहरुका अनुत्तरित १५ प्रश्न
-आफ्नै पैसा पाउन बुढेशकालमा कि विदेशिनु पर्ने कि मर्नु पर्ने भएपछि सामाजिक सुरक्षा  कोषमा को जान्छ ?
-आफ्नै पैसा फिर्ता पाउन नागरिकता त्याग्नु पर्ने भएपछि सामाजिक सुरक्षा कोषमा को जान्छ ?

-30 Reasons why SSF cannot secure the future of contributors & society at all

तर अहिले उनीहरु सामाजिक सुरक्षा कोष वा अरु ठाउँमा आबद्द भएपनि उनीहरुले हिजोका दिनमा संचय कोषमा जम्मा गरेको रकमबाट ६ बर्षसम्म नियमित रुपमा ब्याज पाउने र अरु सेवा सुविधा पनि निरन्तर हुने कर्मचारी संचय कोषका प्रवक्ता विजय कुमार श्रेष्ठको भनाई छ। 

उनीहरुले हिजो जम्मा गरेको पैसा ६ बर्षपछि पनि यहि हुने र जागिर छाडेको, अवकाश पाएको वा मृत्यु भएको भन्ने प्रमाण जुटे ऐन अनुसार आफ्नो पैसा जुनै बेला लैजान सक्ने प्रवक्ता श्रेष्ठले बताए।

हिजोका दिनमा संचय कोषमा रहेकाहरुको पैसा यतै भएपनि कुनै समस्या नहुने भएकाले नयाँहरुको पैसा सामाजिक सुरक्षा कोषमा राख्नु पर्ने तर हिजोदेखि संचय कोषमा रहेकाहरुलाई यतै रहन पाउने विकल्प दिँदा पनि हुने प्रवक्ता श्रेष्ठले बिजपाटीलाई बताए।   

झट्ट हेर्दा समस्या जस्तो देखिएपनि यो ठुलो समस्या नभएको सामाजिक सुरक्षा कोषका कार्यकारी निर्देशक कपिल ज्ञवालीले बिजपाटीलाई बताए। उनकाअनुसार सामाजिक सुरक्षा कोषमा आएकाहरुले हिजो संचय कोषमा जम्मा गरेको पैसा र उनीहरुको दायित्व सामाजिक सुरक्षा कोषमा नै ल्याउने गरि प्रकृया अगाडी बढेको छ र यसका लागि संचय कोषलाई आग्रह समेत गरिएको छ।    

सामाजिक सुरक्षा कोष र संचय कोषले पहल गरेको अवस्थामा बिगतमा संचय कोषमा दर्ता भएर जम्मा गरेको पैसा सहजै झिक्न तथा रकमान्तरण गर्न सकिने जानकारहरुको भनाई छ। सामाजिक सुरक्षा कोषमा आउनु अगाडी संचय कोषमा दर्ता भएको पैसाको ब्याज पनि आउने र आफुले चाहेको अवस्थामा झिक्न पनि पाइने र सेवा सुविधालाई निरन्तरता दिने गरि कानुनी व्यवस्था भएमा अहिले देखिएको समस्या समाधान हुने जानकारहरुको भनाई छ।  


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved