सामाजिक सुरक्षा कोष विरुद्द कावासोतीका बैंक तथा वित्तीय संस्थाद्वारा विरोध प्रदर्शन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 06, 2021 | 03:12:04 PM मा प्रकाशित

laxmi  sunrise bank

सामाजिक सुरक्षा कोष ऐनमा समाविष्ट विभिन्न बुँदाहरुप्रति असहमति तथा विरोध जनाउँदै नवलपुरको कावासोती स्थित विभिन्न बैंक तथा वित्तिय संस्थाहरुले विरोध प्रदर्शन गरेका छन् ।  बैंक तथा वित्तिय संस्थाहरुले सा.सु. कोषमा आवद्द हुन नसक्ने कारण लेखिएको कालो ब्यानर सहित प्रदर्शन गरि संयुक्त रुपमा विरोध गरेका हुन् ।

 कार्यक्रममा नवलपुर बैंकर्स एसोसिएसनका अध्यक्ष कुमार वास्तोलाले सरकारले जवर्जस्ती लागु गर्नलागेको सामाजिक सुरक्षा कोष कार्यक्रमले बैंक तथा वित्तिय संस्थाका कर्मचारीहरु असुरक्षित हुने भएकाले यस कोषको विरोधमा उत्रिएको बताए  । सामाजिक सुरक्षा कोष ऐन तथा यसका कार्यविधिका बुँदाहरुनै एक आपसमा बाझिएकाले कर्मचारीले कर तिरेर दुःखले जम्मा गरेको आर्जन भोलीका दिनमा असुरक्षित हुने तथा खााई पाई आएको सुविधा समेत गुम्ने देखिएकोले सो विरोध गर्नुपरेको उनले वताए । 

विरोध कार्यक्रममा कावासोती स्थित विभिन्न बैंक तथा वित्तिय संस्थाका कर्मचारीहरुको प्रभावकारी उपस्थिति रहेको थियो । 

सामाजिक सुरक्षा कोष बिरुद्द बैंक तथा वित्तीय संस्थाहरुले स्वस्फुर्त रुपमा देशका विभिन्न ठाउँमा विरोध प्रदर्शन गर्दै आएका छन् । बैंक वित्तीय संस्थाका कर्मचारी युनियनले कोष बिरुद्द सर्वोच्चमा मुद्दा समत दायर गरेका छन् ।  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved