उदयपुर सिमेन्टको महाप्रबन्धकका लागि आवेदन माग

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 10, 2023 | 12:21:32 PM मा प्रकाशित

laxmi  sunrise bank

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले उदयपुर सिमेन्टको महाप्रबन्धक पदको लागि आवेदन माग गरेको छ । एक सूचना जारी गर्दै मन्त्रालयले महाप्रबन्धकका लागि आवेदन माग गरेको हो ।

मन्त्रालयले ३५ वर्ष पुरा भई ६५ वर्ष ननाघेकाले महाप्रबन्धक पदका लागि आवेदन दिन सक्ने जनाएको छ । सार्वजनिक निकायको कार्य, विषय वा प्रशासन, व्यवस्थापन, अर्थशास्त्र, इञ्जिनियरिङ वा कानूनमा मान्यताप्राप्त विश्वविद्यालयबाट कम्तिमा स्नातकोत्तर गरेको र कुनै संस्था वा निकायको प्यवस्थापकीय जिम्मेवारीको पदमा कम्तीमा ५ वर्षको कार्य अनुभव भएको व्यक्तिले आवेदन दिन सक्ने छन् ।

सूचना जारी भएको २१ दिनभित्र आवेदन दिन मन्त्रालयले आग्रह गरेको छ । आवेदन मन्त्रालयको सरकारी उद्योग तथा संस्थान शाखा, सिंहदरबार काठमाडौंमा दिन सकिने मन्त्रालयले जनाएको छ ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved