४ महिनामा वैदेशिक रोजगार विभागमा १८ सय उजुरी दर्ता

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 23, 2023 | 06:12:05 PM मा प्रकाशित

laxmi  sunrise bank

चालु आर्थिक वर्ष २०८०/०८१ को चार महिना(साउन देखि कार्तिक मसान्तसम्म)मा वैदेशिक रोजगार विभागमा १ हजार ८ सय ८२ वटा उजुरी परेका छन् । विभागको विभिन्न शाखाहरुमा दर्ता भएका उक्त उजुरि मध्ये ६३९ वटा फर्छ्यौट भइसकेको छ । 

चालु आवको अन्त्यसम्ममा अझै १ हजार २४३ वटा उजुरी टुगिंन बाँकी रहेको विभागले जनाएको छ । यो चार महिनामा विभागको उद्धार, राहत तथा समन्वय अनुगमन शाखामा २६९ वटा उजुरि परेको छ । जसमध्ये ९६ वटा मिलापत्रबाट टुगिंएको छ । सो शाखामा अझै १७३ वटा उजुरी टुङ्गाउन बाँकी रहेको छ । 

यसैगरी, मुद्दा तथा अनुसन्धान शाखामा ५९६ वटा उजुरी परेको विभागको तथ्यांकले देखखाउँछ । जसमध्ये ६८ वटा टुगिंएको छ भने ५२४ वटा अझै बाँकी नै रहेको छ । 

यस्तै प्रहरी शाखामा एक हजार २१ वटा उजरी परेका छ । यो शाखामा वैदेशिक रोजगारी ठगी अन्तर्गत सबैभन्दा धेरै ७०५ वटा उजुरी परेको छ । यस शाखामा परेका उजुरीमध्ये ४७५ वटा फछ्यौट भएको विभागले जनाएको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved