इजरायल पठाउने भन्दै पैसा माग्नेसँग सचेत रहन विभागको अनुरोध

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 13, 2023 | 05:23:10 PM मा प्रकाशित

laxmi  sunrise bank

वैदेशिक रोजगार विभागले इजरायल पठाइदिने भन्दै पैसा माग्नेसँग सचेत हुन अनुरोध गरेको छ । विभागले एक सूचना जारी गर्दै इजरायलका विभिन्न क्षेत्रमा रोजगारीको प्रलोभन देखाई विभिन्न व्यक्ति तथा समूहहरुले गैर कानूनी रुपमा प्रलोभनमा पारी रकम उठाउने गरेकाले सचेत रहन आग्रह गरेको हो ।

ठगीका सम्बन्धमा विभागले सूक्ष्म अनुसन्धान कार्य अगाडी बढाएको पनि जनाएको छ । 

यस्तै, विभागले इजरायलको कृषि क्षेत्रमा नेपाली श्रमिकहरु लैजाने सम्बन्धमा नेपाल सरकार र इजरायल सरकारबीच छलफल भइरहेको पनि जानकारी गराएको । विभागका अनुसार हालसम्म यस सम्बन्धमा कुनै पनि निर्णय भई सकेको छैन । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved