विद्युतीय प्रणालीको सुधारको एडिबीले ७ अर्ब ऋण दिने, कुन ठाउँमा के बन्छ ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 26, 2021 | 06:56:18 PM मा प्रकाशित

laxmi  sunrise bank

एसियाली विकास बैंक(एडिबी)ले नेपालको विद्युतीय प्रणालीको सुधार एवम् आधुनिकीकरणका लागि करिब रु सात अर्ब आठ करोड बराबरको ऋण सहायता उपलब्ध गराएको छ । अर्थ मन्त्रालयमा आज आयोजित ऋण सहायतासम्बन्धी द्विपक्षीय सम्झौतामा अर्थसचिव मधुकुमार मरासिनी र बैंकका देशीय निर्देशक अर्नड काउचिसले हस्ताक्षर गरेका छन्।

नेपालको विद्युत् प्रणालीको विकास र विस्तारका लागि एडिबीले निरन्तर सहयोग उपलब्ध गराउँदै आएको सन्दर्भमा आजको ऋण सहयोग अर्को महत्वपूर्ण रहेको छ । ऋण सहयोगबाट नेपालगञ्जदेखि कोहलपुरसम्म १३२ केभी क्षमताको प्रसारण लाइन निर्माण हुनेछ । यस्तै काठमाडौँ उपत्यकाको विद्युत् प्रणालीमा महत्वपूर्ण मानिएको चोभारदेखि लगनखेलसम्मको प्रसारण लाइन निर्माण हुनेछ ।

त्यस्तै ऋण सहयोगबाटै दुुम्किवास, लगनखेल, नेपालगन्ज र मुलपानीमा अत्याधुनिक सबस्टेशन निर्माण गरिने छ । त्यससम्बन्धी आवश्यक तयारी भइसकेको प्राधिकरणले जनाएको छ । अर्थसचिव मरासिनीले प्रसारण लाइनको विस्तारले विद्युत्को माग तथा उत्पादन बढाउनसमेत सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन्। उनले आन्तरिकरूपमा बिजुली उत्पादन बढ्दै जाँदा व्यापार घाटा कमसमेत गर्न सहयोग पुग्ने उल्लेख गरेका छन् ।

कार्यक्रममा एडिबीका देशीय निर्देशक अमुद काउचिसले ऋण सहयोगले नेपालको उत्पादित विद्युत्को प्रसारणका अतिरिक्त गुणस्तरमासमेत वृद्धि हुने बताए । नेपालको विद्युत् वितरण प्रणालीमा सुधार, प्रसारण लाइन विस्तार साथै विद्युत् उत्पादनसमेतमा वृद्धि गर्ने लक्ष्य लिइएको छ । काठमाडौँ उपत्यकाको भूमिगत प्रसारण लाइन निर्माणसमेतमा एडिबीले नै ऋण सहायता उपलब्ध गराएको छ ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved