आठौ पावर समिट चैत्रमा: ३० देशका प्रतिनिधि आउने, ५ हजार मेगावाटका परियोजना प्रदर्शन गरिँदै

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 15, 2023 | 03:54:35 PM मा प्रकाशित

laxmi  sunrise bank

 चैत्र १४ र १५ गते आठौ संस्करणको पावर समिट २०२३ को आयोजना हुने भएको छ। स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था इप्पानको आयोजनामा  काठमाडौंको हायात रिजेन्सीमा समिट हुने भएको हो।  

"हरित उर्जाको बजार विस्तारीकरण" भन्ने नाराका साथ समिट हुने र समिटलाई नेपाल सरकारको ऊर्जा, जलखीत तथा सिंचाइ मन्त्रालयले संरक्षण्कत्व प्रदान गरेको इप्पानले जनाएको छ। सम्मेलनको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गर्ने भएको छ ।

इप्पानका अनुसार नेपालमा आयोजना हुने यो सबैभन्दा ठूलो ऊर्जा समिटमा ३० भन्दा बढी देशका ३०० अन्तर्राष्ट्रिय प्रतिनिधिसहित कर्जा, जीत तथा सिंचाइ मन्त्रालयका उच्च अधिकारीहरु, पावर ट्रेडिङ कम्पनीहरू, विद्युत उत्पादकहरू, वित्तीय संस्थाहरू, प्रसारण तथा वितरण कम्पनीहरू, परामर्शदाता कम्पनीहरू, विक्रेताहरू, पिंक दयाइहरू र अन्य ऊर्जा क्षेत्रका सरोकारवालाहरू गरी करिब ८०० जना सहभागी हुनेछन् । यो सम्मेलनको कन्ट्री पार्टनरका रुपमा भारतीय राजदूतावास रहेको छ भने प्रमुख प्रायोजकहरूमा विश्व बैंक, आईएफसी, एफएमओ, युएसएआईडी लगायतका विकास साझेदारहरू रहेका छन् ।

इप्पानले सन् २००६ मा पहिलो पावर समिट आयोजना गरेका थियो। यसले मुलुकमा विद्यत उत्पादनको लागि अनुकुल वातावरण सिर्जना गर्न ठूलो योगदान गरेको र फलस्वरुप आज विद्युत ऊर्जा देश आत्मनिर्भर बन्ने चरणमा प्रवेश गरेको इप्पानले जनाएको छ ।

इप्पानले भनेको छ 'हालै सोलु- दुधकोशी जलबिद्युत आयोजनाबाट ८६ मेगावाट विद्युत राष्ट्रिय ग्रिडमा थपिएसँगै देशको कुल राष्ट्रिय प्रशारण लाईनकी जडित क्षमता करिब २५२० मेगावाट पुगेको छ । यो बर्ष अरु करिब ६०० मेगावाट प्रणालीमा थपिने छ र सन २०२७ सम्ममा कुल जडित क्षमता ६७०० मेगावाट पुग्ने अपेक्षा छ । यसरी बिद्युत उत्पादनमा निजी क्षेत्रको योगदान हालकी ४.४ प्रतिशतबाट बढेर ८० प्रतिशत हुने अनमान गरिएको छ । सन २०२२ मा हाम्रो विद्युतको उच्चतम माग करिब १७०० मेगावाट मात्र थियो । यो तथ्यले अबको बर्षा याममा करिब १००० मेगावाट विद्युत बचत हुने देखिएको छ । यसैले आजको हाम्रो समय भनेको हरित ऊर्जाको बजारका पक्षहरूमा ध्यान केन्द्रित गर्ने उपयुक्त र सही समय हो ।'

हरित ऊर्जाको बजारलाई फराकिलो बनाउने सम्पूर्णरुपले ध्यान केन्द्रित गर्ने समय आएको र यो पावर समिट २०२३ को मूल उद्देश्य पनि त्यही रहेको इप्पानले जनाएको छ ।

इप्पान अध्यक्ष कृष्ण प्रसाद आचार्यका अनुसार पावर समिट २०२३ हरित ऊर्जा क्षेत्रमा संलग्न सबैका लागि सन्जाल बनाउने र एक अर्काबाट सिक्ने र अनुभव आदान-प्रदान गर्ने ठूलो अवसर हो । यो प्लेटफर्मले ब्यापारिक र व्यवसायिक सम्बन्त्रलाई प्रगाढ बनाउने, बिद्युत ऊर्जाको विकास र बजार निर्माणका लागि धेरै सम्झौता र समझदारीमा हस्ताक्षर गर्ने अपेक्षा गरिएको छ भने ऊर्जाको व्यापार गर्ने अवसर मिल्नेछ । यो पावर समिटमा भएको छलफलले नेपालको हरित ऊर्जाको बजारका लागि ढोकाहरू पहिचान गर्न र त्यसलाई खोल्नको लागि मार्ग प्रशस्त गर्ने अपेक्षा गरिएको छ ।

अध्यक्ष आचार्यका अनुसार पावर समिटमा ऊर्जा क्षेत्रका विशेषज्ञहरूद्वारा छलफल, प्रवचन र बहसको लागि टेक्निकल सेसनहरु सन्चालन हुने छ र यो सेसन नेपालको ऊर्जा विकासको यात्रामा सहभागी हुन चाहने जो कोहीलाई अन्यन्तै फलदायी हुनेछ । टेक्निकल सेसनमा सीईओ फोरम, ईएसजी अभ्यासहरूसहित कार्यशालाहरू र साइडलाइन इभेन्ट सन्चालन हुनेछ ।

इप्पानका अनुसार यो पावर समिटमा नेपालको विद्युतको बजार, प्रशारण पूर्वाधार, नेपालको जलविद्युतको माग, प्रविधि र नवप्रवर्द्धन, सोलार, हाइड्रोजन, नियामक निकाय, अन्तरदेशीय विद्युत व्यापार, दिगो र जलवायु अनुकुल विकास लगायतका विषय समेट्ने गरी बिभिन्न सत्रहरु सन्चालन गरिने छ । जहाँ पर्यावरण, सामाजिक र सुशासन, क्षेत्रीय सहकार्य र ऊर्जा सुरक्षालगायतका विषयमा नेपाल लगानी बोर्ड तथा निजी क्षेत्रका तर्फबाट ५००० मेगावाटका परियोजनाहरु (Project Bank) प्रदर्शन गरिनेछ । यसले ऊर्जा क्षेत्रमा लगानी गर्न चाहने लगानीकर्ताहरूलाई ऊर्जा परियोजनाहरूको बारेमा जानकारी हासिल गर्न एक अद्वितीय अवसर प्रदान गर्ने इप्पानले जनाएको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved