अन्तर्राष्ट्रिय जलविद्युत सम्मेलन सुरु : नेपालको हरित ऊर्जामा लगानी भित्र्याउन इप्पानले पहल गर्ने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 31, 2023 | 05:04:37 PM मा प्रकाशित

laxmi  sunrise bank

‘दिगो विकासको आधार’ भन्ने नारासहित अन्तर्राष्ट्रिय जलविद्युत् सम्मेलन इन्डोनेसियामा सुरु भएको छ । इन्डोनेसियाको राजधानी बालीमा कात्तिक १४ गते देखि १६ गतेसम्म आयोजना हुने सम्मेलनमा नेपालसहित विश्वभरका ऊर्जा उत्पादकहरुको सहभागिता रहेको छ ।

सम्मेलनमा स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था इप्पानको प्रतिनिधित्व गर्दै इप्पान उपाध्यक्ष आनन्द चौधरी, सचिव कविता पोखरेल र व्यवस्थापक सुम्निमा उपाध्याय सहभागी छन् । त्यस्तै इप्पानका सल्लाहकारद्वय भानु पोखरेल र सुशिल पोखरेल पनि जलविद्युत सम्मेलनमा सहभागी छन् ।

उक्त सम्मेलनमा इप्पान बाहेक ऊर्जा मन्त्रालयबाट सहसचिव नविनराज सिंह, नेपाल विद्युत प्राधिकरणका निर्देशक प्रवल अधिकारी र जलविद्युत लगानी तथा विकास कम्पनीका प्रमुख कार्यकारी अधिकृत अर्जुन गौतम लगायतको पनि सहभागीता रहेको छ ।

कार्यक्रमको उद्घाटन सत्रमा आइएचएका अध्यक्ष तथा अष्ट्रेलियाका पूर्वराष्ट्रपति माल्कोल्म टर्नबुल र इन्डोनेसियाका ऊर्जा तथा खनिज मन्त्री अरिफिन तस्रिफ लगायतले मन्तव्य राखेका थिए । कार्यक्रमका वक्ताहरुले सन २०५० सम्म जलविद्युत उत्पादनलाई दोब्बर बनाइने बताएका छन् ।

वक्ताहरुले ग्लोबल वार्मिङ रियालिटी भएको भन्दै फोसेल फ्यूलको खपत घटाउनुपर्नेमा पनि जोड दिएका छन् । नेपाल हरित तथा नविकरणीय ऊर्जाको गन्तव्य मुलुक रहेको भन्दै हरित ऊर्जाका आयोजनामा विदेशी लगानी भित्र्याउने विषयमा इप्पान प्रतिनिधि मण्डलले विभिन्न देशका ऊर्जा उत्पादकहरुसँग छलफल गर्नेछन् ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved