होण्डाको तिहार अफर: बाइक एक्सचेन्ज गर्दा न्यूनतम मूल्याङ्कन ५० हजार

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 20, 2022 | 04:42:39 PM मा प्रकाशित

laxmi  sunrise bank

होण्डा टु व्हीलर्सको आधिकारिक विक्रेता स्याकार ट्रेडिङ्ग कम्पनीले “तिहार एक्सचेन्ज महोत्सव” नामक आकर्षक ग्राहकमुखी उपहार योजना लिएर आएको छ । यो योजना अन्तर्गत ग्राहकहरूले, प्रत्येक एक्सचेन्जमा थप रु. सात हजार वा दशैं÷तिहार योजना रोज्न सक्ने कम्पनीले जनाएको छ। 

कम्पनीका अनुसार होन्डाका पहिलो २५० ग्राहकहरूले एक्सचेन्जको न्यूनतम मूल्याङ्कन रु. ५०,००० पाउनेछन् । योजना २०७९ कार्तिक १ देखि ६ गते सम्म सीमित अवधिको लागि मात्र लागू हुने कम्पनीले जनाएको छ । 

नेपालमा सर्वाधिक रुचाइएको होण्डाको मोटरसाइकल तथा स्कुटरको हकमा आएको यो आकर्षक उपहार योजनाले ग्राहकहरूमा थप उत्साह जगाउने विश्वास कम्पनीले लिएको छ । 


.


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved