भाइटीकाको दिन आज काठमाडौंका २ रुटमा प्रहरीको निशुल्क बस सेवा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 15, 2023 | 10:30:04 AM मा प्रकाशित

laxmi sunrise bank

नेपाल प्रहरीले तिहारको पाँचौं दिन आज भाईटिकाको दिन काठमान्डौ उपत्यकामा निशुल्क बस सेवा संचालन गर्ने भएको छ। सर्वसाधारणको सुविधा तथा सहज आवागमनका लागि आज काठमाडौँ उपत्यकाका २ वटा रुटमा नि:शुल्क बस सेवा सञ्चालन गरिने नेपाल प्रहरीले जनाएको छ। 

नेपाल प्रहरीकाअनुसार काठमाडौँ उपत्यकामा सार्वजनिक सवारी साधनको सङ्ख्या न्यून हुने भएकाले भाइटीकाको अवसरमा आज बिहान तथा अपरान्ह गरी दुई चरणमा नेपाल प्रहरीले निःशुल्क बस सेवा सञ्चालन गरेको हो । 

निशुल्क बस नेपाल प्रहरी प्रधान कार्यालय नक्सालबाट बालुवाटार, शिक्षण अस्पताल, महाराजगञ्ज, नयाँबसपार्क, बालाजु, स्वयम्भु, कलंकी, बल्खु, सातदोबाटो, लगनखेल, जावलाखेल, थापाथली, माइतीघर, पुतलीसडक, कृष्णपाउरोटी, जय नेपाल हुँदै पुन: नक्सालसम्म आउने छ ।  

त्यस्तै अर्को रुट अन्तर्गत नेपाल प्रहरी प्रधान कार्यालय नक्सालबाट रातोपुल, गौशाला, एयरपोर्ट, कोटेश्वर, ठिमी, सल्लाघारी, सूर्यबिनायक चोकबाट सोही रुट हुँदै पुनः नक्सालसम्म बस  सञ्चालन गरिएको नेपाल प्रहरी प्रधान कार्यालय सवारी महाशाखाले जनाएको छ ।

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved