नेपालमा भिभोका २ स्मार्टफोन वाई३५ र वाई२२ सार्वजनिक, कति छ मूल्य ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 16, 2022 | 01:07:40 PM मा प्रकाशित

laxmi  sunrise bank

भिभोले वाई सिरिजका दुई नयाँ स्मार्टफोनहरू– वाई३५ र वाई२२ सार्वजनिक गरेको छ । वाई सिरिजका स्मार्टफोनहरु प्रयोगकतालाई सुलभ मूल्यहरूमा फ्ल्यागसिप अनुभव प्रदान गर्नका लागि परिचित छन् र हालै सार्वजनिक भएका यी दुवै स्मार्टफोनले पनि फ्ल्यागसिप अनुभव प्रदान गर्ने कम्पनीले जनाएको छ । 

स्टाइलिस तथा आकर्षक भिभोको नयाँ स्मार्टफोन वाई ३५ र वाई२२ पनि युवाहरूको रोजाइमा पर्ने उत्कृष्ट स्मार्टफोन हुन् । भिभो नेपालका सीईओ माइकलले भने, ‘हाम्रो प्रसिद्ध वाई सिरिजका साथ भिभोले नेपाली युवाहरूको आवश्यकतालाई निरन्तरता पूरा गर्दै आइरहेको छ । यसको उत्कृष्ट विशेषताहरु र उचित मूल्य निर्धारणको कारण प्रयोगकर्ताहरुले वाई श्रृंखलालाई मन पराएका छन् । 

‘हामीले भिभो वाई३५ र वाई२२ नेपालमा उपलब्ध गराएका छौं जसमा उत्कृष्ट र आकर्षक प्रविधिहरू समावेश छन् । हालै सार्वजनिक भएका यी स्मार्टफोनहरू ग्राहकहरूको आवश्यकतालाई ध्यानमा राखेर बनाइएका छन्, र यसले विशाल ब्याट्री, स्टाइलिस डिजाइन, अद्भूत क्यामेरा र थप विशेषताहरुका साथ असाधारण अनुभव प्रदान गर्छ ।’

स्टाइल र प्रविधिको उत्कृष्ट संयोजनको रूपमा भिभो वाई३५ ले उद्योगमा आकर्षक विशेषताहरु प्रदान गर्छ । यसले प्रयोगकर्ताहरूलाई थप सहज र निर्बाध अनुभवको लागि विस्तारित र्याम ३।० अर्थात् ८जीबी र्याममा थप ८जीवीसम्म एक्सटेन्ड गर्न मिल्ने सुविधा दिन्छ, र एउटा एपबाट अर्कोमा बिना कुनै झन्झट सहजै स्विच गर्न सकिन्छ । 

यसमा ५००० एमएएच ब्याट्री छ । जसलाई ४४ वाट फ्ल्यासचार्जले समर्थन गर्दछ । यो स्मार्टफोनले शक्तिशाली कार्यसम्पादन सुनिश्चित गर्छ । यसको ५० एमपी ट्रिपल रियर क्यामेराले उत्कृष्ट क्यामेरा क्षमताहरू प्रदान गर्छ र उच्च गुणस्तरीय तस्बिरहरू खिच्छ र व्यावसायिक क्यामेरा जस्तै ठूलो सेन्सरको प्रयोगले आवश्यक प्रकाश प्रदान गर्छ । 

यसमा सुपर नाइट क्यामेरा विशेषताहरु छन् जसले प्रयोगकर्ताहरूलाई कुनै समस्या बिना नै रातको सुन्दर दृश्यहरू खिच्न मद्दत गर्दछ र बोकेह फ्लेयर पोट्र्रेटले मल्टि–फ्रेम डिनोइजिङ र एआई ब्राइटनिङ टेक्नोलोजीको साथ स्पष्ट र आश्चर्यजनक पोट्र्रेटहरू खिच्न मद्दत गर्छ ।

भिभो वाई२२ ले प्रयोगकर्ताहरूलाई आकर्षक विशेषताहरुको साथ अर्को उत्कृष्ट विकल्प प्रदान गर्छ । वाई२२ मा मिडियाटेक हेलियो जी८५ प्रोसेसर रहेको छ जसले शक्तिशाली र स्मुद कार्यसम्पादन प्रतिज्ञा गर्छ । यो स्मार्टफोन १८ वाट फास्ट चार्जको साथमा शक्तिशाली ५०००एमएएच ब्याट्रीद्वारा सञ्चालित छ । 

वाई२२ मा ५०एमपी रियर क्यामेरा छ जसबाट स्पष्ट, आश्चर्यजनक र ब्राइट तस्बिरहरू लिन सकिन्छ । वाई२२ मा सुपर नाइट क्यामेरासँगै भिडियो फेस ब्यूटी र मल्टी स्टाइल पोट्र्रेटलगायत विभिन्न क्यामेरा विशेषताहरू पनि उपलब्ध छन् । 

दुवै वाई३५ र वाई२२, वाई सिरिजका नयाँ स्मार्टफोनहरू हुन् जुन मिनिमलिस्ट स्टाइलका छन् र एजी सर्फेसका कारण होल्ड गर्न सहज छन् । २।५डी कर्भेचरको साथमा फ्ल्याट फ्रेम डिजाइनले गर्दा स्मार्टफोनमा सुन्दरता थप्छ । यसका साथै, दुवै उपकरणहरूमा फेस वेक सुविधाको साथ साइड फिंगरप्रिन्ट स्क्यानर छ । 

वाई३५ (८जीवी प्लस १२८जीवी) दुई ट्रेन्डी कलर भेरियन्ट–एगेट ब्ल्याक र डन गोल्ड कलरमा ३० हजार ९ सय ९९ रुपैयाँमा उपलब्ध छ । त्यस्तै ४जीवी र्याम र ६४जीबी रोम भएको वाई२२ स्टारलिट ब्लू र मेटाभर्स ग्रिन कलरमा २२ हजार ९ सय ९९ रुपैयाँमा उपलब्ध छ ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved