रियलमी 'सि-५५'को मूल्यमा भारी छुट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 22, 2024 | 09:34:00 AM मा प्रकाशित

laxmi  sunrise bank

स्मार्टफोन ब्रान्ड रियलमीको रियलमी सि–५५ अब छुट मुल्यमा उपलब्ध हुने भएको छ । कम्पनीले ७ हजार रुपैयाँ छुटम सो फोन विक्रि सुरु गरेको हो । 

पहिला २१ हजार ९९९ रुपैयाँमा उपलब्ध रहेको ६ जिबि + ६४ जिबि स्टोरेज भेरियन्टको मूल्य अहिले  १५ हजार ४९९ रुपैयाँ हुने भएको छ ।

रियलमी सि–५५ मा भएको सबैभन्दा मुख्य फिचर यसमा भएको ६४ एमपिको क्यामरा हो । त्यस्तै यसमा सेल्फी क्यामराको कुरा गर्नुपर्दा ८ एमपिको लेन्स छ जसले १०८० पि को भिडियो रेकर्ड गर्न सक्छ । 

रियलमी सि–५५ मा ५ हजार एमएचको शक्तिशाली ब्याट्री राखिएको छ जसले रिभर्स चार्जिङ पनि सपोर्ट गर्छ । जम्मा २९ मिनेटमै आधाभन्दा बढी चार्ज हुने क्षमताको ३३ वाटको सुपरभोक चार्जिङ टेक्नोलोजी रहेको छ । 

रियलमी सि–५५ मा भएको मेडियाटेक हेलियो जि ८८ चिपसेटले प्रयोगकर्ताहरुलाई सिमलेस युजर एक्स्पिरियन्स प्रदान गर्छ । त्यस्तै यसको अक्टाकोर प्रोसेसरले पावरफुल र प्रभावकारी पर्फर्मेन्स दिन्छ । ६४ बिटको सिपियु र १२ एनएमको चिपसेट भएको हुँदा रियलमी सि ५५ मा पावर इफिसियन्सी हुनुको साथै हिट जेनेरेसन पनि कम हुन्छ, भन्नाले मोबाइल तातिने समस्या कम हुन्छ ।

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved