भिभोको 'भी २९ ई फाइभजी' नेपालमा सार्वजनिक, कति छ मूल्य ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 01, 2023 | 06:49:24 PM मा प्रकाशित

laxmi  sunrise bank

टेक्नोलोजी ब्रान्ड भिभोले आज बुधबार भी सिरिजको नयाँ स्मार्टफोन भी२९ई फाइभजी सार्वजनिक गरेको छ । यो स्मार्टफोन खरिदका लागि कार्तिक १६ देखि कार्तिक १९ सम्म फाइभजीको प्रि–बुकिङ्ग खुल्ला हुने कम्पनीले जनाएको छ ।

सो फोन प्रि–बुकिङ्ग गर्दा  ३ हजार ९९९ रुपैयाँ बराबरको रिभरसङ्ग इयरबड प्राप्त गर्न सकिने कम्पनीले उल्लेख गरेको छ । यसका साथै साथै, कार्तिक २० देखि यो स्मार्टफोन बिक्रीका लागि उपलब्ध हुनेछ । 

भी२९ई फाइभजीमा स्मार्ट औरा लाइट पोट्र्रेटको साथै १२० हर्ज एमोलेड डिस्प्ले र स्लिम फ्ल्याट फ्रेम रहेको छ । स्मार्टफोन टेक्नोलोजिकल पावरहाउस हुनुका साथै एउटा फेसन स्टेटमेन्ट पनि भएको कम्पनीले दावी गरेको छ । फोन रोज गोल्डमा नानो–स्केल फोटोएचिङ टेक्निक र फरेस्ट ब्ल्याक लिभरेजिङ फ्लोराइट एजी ग्लासमा उपलब्ध छ ।

स्लिम फ्ल्याट फ्रेम र ६.६७ इन्चको स्क्रिन साइजको साथ, हालै लन्च गरिएको भिभो भी२९ई फाइभजीमा ६४एमपी ओआईएस अल्ट्रा–सेन्सिङ क्यामेरा, ८एमपी अल्ट्रा वाइड–एंगल क्यामेरा, स्मार्ट औरा लाइट पोट्र्रेटको साथ स्मार्ट कलर टेम्परेचर एडजस्टमेन्ट, १२० हर्जको एमोलेड डिस्प्ले लगायतका आकर्षक रहेका छन् ।

४८०० एमएएच ब्याट्री रहेको सो फोनमा लामो समयसम्म चार्ज टिक्छ साथै यसमा ४४ वाटको फ्ल्यास चार्ज पनि रहेको छ । ८जीवी र्याम + २५६जीवी रोम तथा ८जीवी र्याम + ८जीवी एक्सटेन्डेड र्यामको रहेका फोनहरु उपलब्ध छ । 

यो स्मार्टफोन ग्राहकहरुले नजिकैको रिटेल स्टोर र इकमर्स साइटबाट कार्तिक २० देखि खरिद गर्न सकिने छ । जसको मूल्य ४२ हजार ९९९ रुपैयाँ रहेको छ ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved