भिभो वाई२७एस सार्वजनिक, मोबाइल किन्ने पहिलो ५ हजार जनालाई इयरबड निशुल्क

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 10, 2023 | 06:38:48 PM मा प्रकाशित

laxmi  sunrise bank

 भिभोले वाई सिरिज अन्तर्गत  वाई२७एस मोबाइल फोन नेपालमा सार्वजनिक गरेको छ । यो नयाँ स्मार्टफोनमा आकर्षक डिजाइन, शानदार पर्फमेन्श र उत्कृष्ट क्यामेरा क्षमताहरू रहेको र यसले समग्र स्मार्टफोन अनुभवलाई पुनः परिभाषित गर्ने कम्पनीकले जनाएको छ।

कम्पनीका अनुसार अल्ट्रा–स्लिम डिजाइनमा आउँने वाई२७एस दुई निकै आकर्षक रंग बरगन्डी ब्ल्याक र गार्डेन ग्रीनमा उपलब्ध हुनेछ । यस स्मार्टफोनको लञ्च संगै भिभोले नयाँ स्मार्टफोनको अनुभव लिने मौका बाहेक #vivoCoolAmbassador  अफर अन्तर्गत तीन जना भाग्यशाली विजेताहरुलाई आकर्षक उपहार जित्ने अवसर प्रदान गर्ने जनाएको छ ।  

कम्पनीका अनुसार वाई२७एस मा ९० हर्ज रिफ्रेस रेट रहेको छ जसले सहज ट्रान्जिशन डिस्प्लेको अनुभव प्रदान गर्दछ । साथै विस्तारित र प्रभावकारी उपयोगका लागि यसमा विशाल ५००० एमएएच ब्याट्री र ४४ वाट फ्ल्यासचार्ज रहेको छ । यसबाहेक, ८ जीवी + ८ जीवी एक्सटेन्डेड र्यामले सहज र निर्बाध अनुभव प्रदान गर्दछ । फाइल र डकोमेन्टरू राख्न पर्याप्त ठाँउ उपलब्ध गराउन यसमा २५६ जीवी रोम पनि रहेको छ भने स्मुद र प्रभावकारी कार्यसम्पादनका सुनिश्चित गर्नका लागि क्वालकम स्न्यापड्रेगन ६८० प्रोसेसर रहेको छ । 

“भिभोको वाई सिरिजले उपभोक्ताको आवश्यकताहरू पूरा गर्न अथक प्राविधिक आविष्कारहरु गर्दै आइरहेको छ । यो नयाँ स्मार्टफोनले  सुन्दर क्षणहरू सहजै कैद गरेर अतुलनीय प्रयोगकर्ता अनुभव प्रदान गर्ने उद्देश्य राखेको छ । पर्फमेन्श वृद्धि गर्न प्रतिबद्ध, भिभोले प्रयोगकर्ताहरूको निरन्तर विकासशील आवश्यकताहरू पूरा गर्ने उद्देश्य राखेको छ र यसका लागि अत्याधुनिक प्रविधिमा केन्द्रित रहेको छ । अझै उत्साह थप्दै, हामीले प्राविधिक उत्कृष्टता रोज्ने र आफ्नो रचनाहरु मार्फत आफुलाई अभिव्यक्ति गर्न रुचाउने हाम्रो प्रशंसकहरूका लागि #vivoCoolAmbassador अभियान ल्याएका छौं, भिभो नेपालका जनरल म्यानेजर माईकलले भने।” 

 उनका अनुसार #vivoCoolAmbassador अभियानले प्रयोगकर्ताहरुलाई भिडियो बनाएर आफ्नो सामाजिक सञ्जालमा अपलोड गरी भभो वाई सिरिजको कूल एम्बेसेडर बन्न आमन्त्रित गर्दछ । सहभागीहरु मध्ये सबैभन्दा बढि मनपराईएको भिडियोबाट पहिलो विजेताले भिभो वाई२७ एस स्मार्टफोन जित्न सक्नेछन् र फोटोसुट गर्ने अवसर पनि प्राप्त गर्नेछन् । त्यस्तै दोस्रो विजेताले फोटोसुट गर्ने अवसर सहित १० हजार नगद पुरस्कार र तेस्रो हुनेले ५ हजार नगद पुरस्कार तथा फोटोसुट गर्ने अवसर प्राप्त गर्नेछन् । यस बाहेक, वाई२७एस खरिद गर्ने पहिलो ५००० ग्राहकहरुले निःशुल्क इयरबडहरू प्राप्त गर्नेछन् ।

कम्पनीका अनुसार यो अभियान ११ डिसेम्बर २०२३ देखि  शुरु भएर २७ डिसेम्बर २०२३ सम्म उपलब्ध रहनेछ ।  यो स्मार्टफोन उपभोक्ताहरूका लागि रु २४,९९९ को मूल्यमा भिभोका रिटेल आउटलेटहरू र इकमर्स प्लेटफार्महरूमा उपलब्ध हुने कम्पनीले जनाएको छ ।


Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved