रेड्मी थ्रि स्मार्टफोन नेपालमा, कति छ मूल्य ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 10, 2024 | 07:57:46 PM मा प्रकाशित

laxmi  sunrise bank

शाओमीले नेपालमा रेड्मी ए थ्रि लन्च गरेको छ । रेड्मी ए थ्रि लन्चसँगै शाओमीले आफ्नो इन्ट्री लेभल लाइनअपलाई झनै विस्तार गरेको छ।

रेड्मी ए थ्रि स्मार्टफोन ६.७१ इन्च एचडी प्लस डिस्प्ले र डुअल रियर क्यामेरा सेटअप सहित कोर्निंग ® गोरिल्ला ® ग्लास ३ को सुरक्षा सहित संचालित छ।

१० वाट फास्ट चार्जिङ र ५००० एमएच ब्याट्रीको साथ रेड्मी ए थ्रि लाई युएसबी टाईप सी मा चार्ज गर्न सकिने छ । ग्लास ब्याक र लेदर टेक्सचर ब्याक गरी दुईवटा ब्याक डिजाइन भेरियन्टमा उपलब्ध यो स्मटफोनमा साइड फिंगरप्रिन्ट स्क्यानर जस्ता सुरक्षाका सुविधाहरू उपलब्ध छन् ।

रेड्मी ए थ्रिको ६.७१ इन्चको एचडी प्लस डिस्प्ले र १६५० * ७२० पिक्सेलको रिजोल्युसन रहेको छ ।

मिडियाटेक हेलियो जि ३६ प्रोसेसर र २.२ गिगाहर्जसम्मको क्लक स्पिडका साथ रेड्मी ए थ्रिले फास्ट पर्फमेन्स र सिमलेस मल्टिटास्किङ सुनिश्चित गर्ने कम्पनीको दाबी रहेको छ ।

रेड्मी एथ्रि मा ओलिभ ग्रीन, मिडनाइट ब्ल्याक र लेक ब्लू कलरहरुमा ३ जिबी + ६४ जिबी र ४ जिबी + १२८ जिबी भेरियन्टमा उपलब्ध हुनेछ । ३ जिबी + ६४ जिबी र ४ जिबी + १२८ जिबीको मूल्य क्रमश ११ हजार ९९९ र १२ हजार ९९९ रुपैयाँ रहेको छ ।

यी सबै भेरियन्टहरु आधिकारिक मी स्टोर र शाओमीका आधिकारिक रिटेलरहरूमा उपलब्ध छ ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved