रियलमी नार्जाे एन ५३ को नयाँ भेरियन्टमा बजारमा, कति छ बजार मूल्य ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 20, 2024 | 07:11:12 PM मा प्रकाशित

laxmi  sunrise bank

स्मार्टफोन ब्राण्ड रियलमीको रियलमी नार्जाे एन ५३ ८+१२८ जीबीको स्टोरेज भेरिएन्टमा बजारमा उपलब्ध भएको छ । रियलमी नार्जाे एन ५३ को जम्मा मुल्य रु. १७ हजार ९९९ रहेको कम्पनीले जनाएको छ ।

५० मेगापिक्सलको (एआई) पछाडिको मुख्य क्यामेरा रहेको नार्जाे एन ५३ मा सेल्फीका लागि ८ मेगापिक्सलको एआई सेल्फी क्यामेरा रहेको छ । ५००० एमएएचको ब्याट्री रहेको यस स्र्माटफोनमा ३३ वाटको फास्ट चार्जिङ रहेकोले ३१ मिनेटमा ५० प्रतिशत चार्ज  हुने कम्पनीको दाबी छ । 

७.४९ एमएम मोटाइ भएको नार्जाे एन ५३ लाई कम्पनीले सबैभन्दा पातलो फोनमध्यको एक रहेको दाबी गरेको छ भने यस स्र्माटफोनको लम्बाई १६७.३ एमएम, चौडाई ७६.७ एमएम र तौल १८२ ग्राम रहेको छ । फिङ्गर सेन्सर पावर बटनमा रहेको यस फोनमा ३.५ एमएमको हेडफोन ज्याक, माइक्रोफोन र यूएसबी टाइप सी पोर्टसमेत रहेको छ ।

युनिसक टाइगर टी ६१२ चीपसेट रहेको यस नार्जाे एन ५३ मा ९० हर्जको रिफ्रेस रेटसहित ६.७४ इञ्जको आईपीएस एलसीडी डिस्प्ले छ । त्यसैगरी चिपसेटमा १२ एनएम प्रोसेस नोड र १.८ गिजाहर्ज पावरसहित ग्राफिक्सका लागि माली जी–५७ जीपीयू रहेको छ ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved