सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 29, 2023 | 11:00:12 AM मा प्रकाशित

laxmi  sunrise bank

आज आइतबार सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य घटेको छ। शुक्रबार प्रति तोला  १ लाख ५ हजार ८ सयमा कारोबार भएको छापावाल सुन आज आइतबार तोलामा २ सय रुपैयाँले बढेर प्रति तोला १ लाख ६ हजार रुपैयाँमा कारोबार भइरहेको छ  ।

 त्यस्तै तेजावी सुन पनि तोलामा २ सयले बढेर प्रति तोला १ लाख ५ हजार ५ सयमा कारोबार भइरहेको छ  । आज चाँदी भने तोलामा १५ रुपैयाँले घटेर  प्रतितोला १ हजार ३ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ। 

 नेपाल सुनचाँदी व्यवसायी महासंघले आज दश ग्राम छापावाल सुनको मुल्य ९० हजार ८ सय ८० रुपैयाँ, दश ग्राम तेजावी सुनको मुल्य ९० हजार ४ सय ५० र प्रति १० ग्राम चाँदीको मुल्य १ हजार १ सय ७० कायम गरेको छ। 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved