डिसहोमले विभिन्न १५ वटा शहरहरुमा रोड शो गर्दै

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 07, 2024 | 02:50:54 PM मा प्रकाशित

laxmi  sunrise bank

काडमाडौं । इन्टरनेट सेवा प्रदायक डिसहोम फाईवरनेटले टी २० तथा यूरो २०२४ प्रतियोगितालाई लक्षित गर्दै देशका विभिन्न १५ वटा शहरहरुमा रोड शो गर्ने भएको छ ।

मंगलबारबाट शुरु भइरहेको रेडियो अन(व्हील्स रोड(शो कार्यक्रमसँगको सहकार्यमा डिशहोम फाईवरनेटले आफ्नो सेवा(सुविधाहरुको प्रचार(प्रसार गर्न  लागेको हो ।

रोड शो कार्यक्रममा विभिन्न मनोरञ्जनात्मक प्रस्तुतिहरु हुनेछन् । महिमा पण्डी भट्टराई, सञ्जोक बस्याल, दुर्गाराज पाण्डे, स्मिता राणा, प्रज्वल खड्का र महेस लिम्बू प्रस्तोताको भुमिकामा रहने उक्त कार्यक्रममा शिव परियार, महेश काफ्ले, विश्व नेपाली, टीका प्रसाईं तथा सुमन कार्की जस्ता ख्यातिप्राप्त कलाकारहरुले प्रस्तुति दिनेछन् । 

उक्त कार्यक्रम अन्तरगत रोड शो धरान बसपार्कबाट २५ गते साँझ ४ बजेदेखि शुरु हुनेछ ।   त्यस्तै बैशाख २६ गते इटहरी, बैशाख २७ गते दमक, बैशाख २८ गते बिर्तामोड, बैशाख २९ गते बिराटनगर, बैशाख ३० गते जनकपुर, बैशाख ३१ गते वीरगञ्जमा रोड शो हुनेछ । 

यसैगरी, उक्त रोड शो जेठ १ गते हेटौंडा, जेठ २ गते नारायणघाट, जेठ ४ गते बुटवल, जेठ ६ गते धनगढी, जेठ ८ गते सुर्खेत, जेठ ९ गते नेपालगञ्ज, जेठ ११ गते पोखरा र जेठ १४ गते काठमाडौंमा आयोजना भइ समापन हुनेछ।

रोड शोमा अन्य थप खेलका रोमान्चक गतिविधिहरु पनि हुने र सहभागीहरुले विभिन्न खेलहरुमा सहभागी भएर पुरस्कारहरु पनि जित्न सक्ने आयोजकले बताएको छ । 

आयोजकले उक्त कार्यक्रमबाट देशभरका हजारौंले पूर्ण मनोरञ्ज लिन पाउने विश्वास रहेको बताएको छ ।

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved