सुनचाँदीको भाउ घट्यो, कतिमा हुँदैछ कारोबार ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 29, 2023 | 10:51:31 AM मा प्रकाशित

laxmi  sunrise bank

आज बिहिबार सुनको भाउ घटेको छ । बुधबार प्रतितोला १ लाख १० हजार रुपैयाँमा कारोबार भएको छापावाल सुन आज तोलामा ६ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ९ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

आज तेजावी सुनको भाउ पनि तोलामा ६ सय रुपैयाँले नै घटेर प्रतितोला १ लाख ८ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

चाँदीको भाउ तोलामा ५ रुपैयाँले घटेर प्रतितोला १ हजार ३ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाल सुनको भाउ ९३ हजार ७ सय ९५ रुपैयाँ, १० ग्राम तेजावी सुनको मुल्य ९३ हजार ३ सय ६५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मुल्य १ हजार १ सय ७४ रुपैयाँ ५० पैसा कायम गरेको छ ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved