घट्यो सुन-चाँदीको मुल्य, कतिमा हुँदैछ कारोबार ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 13, 2023 | 11:22:53 AM मा प्रकाशित

laxmi  sunrise bank

बुधबार सुन र चाँदीको भाउमा कमी आएको छ । मंगलबार प्रतितोला १ लाख १२ हजारमा कारोबार भएको छापावाल सुन आज तोलामा ८ सय रुपैयाँले घटेर १ लाख ११ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

आज तेजावी सुन पनि १ लाख १० हजार ६ सय ५० रुपैयाँमा कारोबार भएको छ । त्यस्तै चाँदीको भाउ तोलामा १५ रुपैयाँले घटेर प्रतितोला १ हजार ३ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाल सुनको भाउ ९५ हजार ३ सय ३५ रुपैयाँ, १० ग्राम तेजावी सुनको मुल्य ९४ हजार ८ सय ६५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मुल्य १ हजार १ सय ९२ रुपैयाँ कायम गरेको छ ।


Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved