आज पनि बढ्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 15, 2023 | 10:39:28 AM मा प्रकाशित

laxmi  sunrise bank

आज शुक्रबार पनि सुनचाँदीको भाउ बढेको छ । हिजो बिहिबार प्रतितोला एक लाख १८ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज तोलामा ३ सय बढेको हो। 

यसदिन छापावाला सुन प्रतितोला एक लाख १९ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ ।  त्यस्तै तेजावी सुन तोलामा १ लाख १८ हजार ५५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

यता, चाँदीको मूल्य आज १५ रुपैयाँले बढेको छ । आज चाँदी प्रतितोला १ हजार ४ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघले प्रति १० ग्राम छापावाल सुनको मूल्य १ लाख २ हजार ११० रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको मूल्य १ लाख १ हजार ६४० र प्रति १० ग्राम चाँदीको मूल्य १२ सय ६० रुपैयाँ तोकेको छ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved