सुनको भाउ स्थिर, चाँदीको बढ्यो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 21, 2023 | 10:46:37 AM मा प्रकाशित

laxmi  sunrise bank

आज बिहिबार सुनको भाउ स्थिर रहेको छ भने चाँदीको भाउ बढेको छ । हिजो बुधबार प्रतितोला एक लाख १९ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुन आज पनि सोहि मूल्यमा कारोबार भइरहेको छ । 

त्यस्तै तेजावी सुन तोलामा १ लाख १८ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यता, चाँदीको मूल्य १५ रुपैयाँले बढेको छ । आज चाँदी प्रतितोला १ हजार ४ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघले प्रति १० ग्राम छापावाल सुनको मूल्य १ लाख २ हजार २५ रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको मूल्य १ लाख १ हजार ५५ र प्रति १० ग्राम चाँदीको मूल्य १२ सय ६९ रुपैयाँ तोकेको छ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved