बढ्यो सुनको भाउ , कतिमा हुँदैछ कारोबार ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 27, 2023 | 10:44:53 AM मा प्रकाशित

laxmi  sunrise bank

आज बुधबार सुनको भाउ बढेको छ भने चाँदीको भाउ घटेको छ । मंगलबार प्रतितोला एक लाख २० हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज २ सय रुपैयाँले बढेको हो ।

यस दिन छापावाला सुन प्रतितोला एक लाख २० हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै तेजावी सुन तोलामा १ लाख २० हजार १०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

यता, चाँदी प्रतितोला १० रुपैयाँले घतेको हो । आज चाँदी १ हजार ४ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले प्रति १० ग्राम छापावाल सुनको मूल्य १ लाख ३ हजार ४८० रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको मूल्य १ लाख २ हजार ९६५ र प्रति १० ग्राम चाँदीको मूल्य १२ सय ६४ रुपैयाँ ५० पैशा तोकेको छ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved