सुनको मूल्यले बनायो ऐतिहासिक रेकर्ड, आज कतिमा हुँदैछ किनबेच ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 28, 2023 | 11:31:19 AM मा प्रकाशित

laxmi  sunrise bank

बिहीबार सुनको भाउ बढेको छ । बुधबार प्रतितोला एक लाख २० हजार ७ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज १ हजार ३ सय रुपैयाँले बढेको हो ।

यस दिन छापावाला सुन प्रतितोला एक लाख २२ हजार रुपैयाँमा कारोबार भइरहेको छ । सुनको मूल्य यो हालसम्म कै बढी हो । यसअघि मंसिर १८ गते प्रतितोला सुनको भाउ १ लाख २१ हजार ६ सय  रुपैयाँ पुगेको थियो। त्यस्तै आज तेजावी सुन तोलामा १ लाख २१ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

यता, चाँदी प्रतितोला १५ रुपैयाँले बढेको छ। आज चाँदी १ हजार ४ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले प्रति १० ग्राम छापावाल सुनको मूल्य १ लाख ४ हजार ५ सय ९५ रुपैयाँ,  प्रति १० ग्राम तेजावी सुनको मूल्य १ लाख ४ हजार ८० रुपैयाँ  र प्रति १० ग्राम चाँदीको मूल्य १२ सय ७७ रुपैयाँ ५० पैसा तोकेको छ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved