आज घट्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 31, 2023 | 10:50:57 AM मा प्रकाशित

laxmi  sunrise bank

साताको पहिलो दिन आज आइतबार सुनको भाउ घटेको छ भने चाँदीको भाउ स्थिर रहेको छ । शुक्रबार प्रतितोला एक लाख २० हजार ७ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज २ सय रुपैयाँ घटेको हो।

यस दिन छापावाला सुन प्रतितोला एक लाख २० हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै आज तेजावी सुन तोलामा १ लाख १९ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

यता, चाँदी मूल्य स्थिर छ । आज चाँदी १ हजार ४ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले प्रति १० ग्राम छापावाल सुनको मूल्य १ लाख ३ हजार ३ सय १० रुपैयाँ,  प्रति १० ग्राम तेजावी सुनको मूल्य १ लाख २ हजार ७९५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १२ सय ४७ रुपैयाँ ५० पैसा तोकेको छ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved