सुनको कोटा दुरुपयोग र तस्करीको विवादमा भएन सहमति, मुद्दाको तयारीमा आरोपितहरु

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 03, 2024 | 01:28:49 PM मा प्रकाशित

laxmi  sunrise bank

सुनको कोटामा भएको बद्मासी र कोटा दुरुपयोग गरेर तस्करी भइरहेको भन्ने विषय सतहमा आएपछि सुनचाँदी व्यवसायीबीच आरोप प्रत्यारोप चलिरहेको छ । रत्न तथा आभूषण संघका वरिष्ठ उपाध्यक्ष नरेन्द्रकुमार गुप्ताले यस विषयलाई बाहिर ल्याएपछि हतोत्साही बनेका संघका पदाधिकारीहरुले महासंघ गुहारेका छन् ।

रत्न तथा आभूषण महासंघ र सुनचाँदी व्यवसायी महासंघलाई गुप्ताले नजोडे पनि रत्न तथा आभूषण संघले यी दूबै महासंघ गुहारेको छ । दूबै महासंघको समन्वयमा वार्ता मार्फत सहमतिको प्रयास गरिएको भए पनि यो प्रयास बिफल भएको र गुप्ताले आफ्नो अडान नछोडेपछि आफूहरु कानुनी उपचारमा जाने तयारीमा रहेको संघका अध्यक्ष सुमनमान ताम्राकार बताउँछन् । 

‘हामीले नरेन्द्र गुप्ता जिलाई सहमतिका लागि वार्तामा आउन भन्यौँ, केही छलफल अघि पनि बढ्यो, तर सहमतिको नजिक पुगेका बेला हिजोबाट उहाँले फेरि मिडियाबाजी गर्न थाल्नुभयो’ अध्यक्ष ताम्राकारले बिजपाटीसँग भने, ‘हामीले धेरै धैर्य ग¥यौँ, तर उहाँकै कारण सहमतिको वातावरण बिथोलियो । अब हामी कानुनी उपचारमा जान्छौँ ।’

उनले अहिले कानुनी सल्लाहकारसँग कानुनी उपचारमा जाने सन्दर्भमा छलफल भइरहेको र आज भोलीमा नै गुप्ताविरुद्द मुद्दा दायर गरिने बताए । उनले कोटा दुरुपयोग र कोटाको दुरुपयोग गरेर सुनको तस्करी भइरहेको छ भन्ने गुप्ताले लगाएको आरोप पुष्टि नहुने दाबीसमेत गरे ।

तर, गुप्ताले भने संघका अध्यक्षसहित केही पदाधिकारी र महासंघका पदाधिकारीहरुले आफूले भने अनुसार सहमति हुनुपर्छ भनेपछि आफू तयार नभएको बताएका छन् । कोटा दुरुपयोग रोकिनुपर्ने, दामासायीले वितरण गर्नुपर्ने प्रावधान पालना हुनुपर्ने, देशभरीका वास्तविक सुनचाँदी तथा गहना व्यवसायीले सुन पाउने वातावरण बन्नुपर्ने र सुनको कोटालाई दुरुपयोग गरेर अवैध रुपमा आयात भइरहेको सुनको कारोबार रोकिनुपर्ने आफ्नो मागमा संघका अध्यक्ष र महासंघका अध्यक्षसहितका पदाधिकारीहरु सहमत नभएको गुप्ताको भनाई छ ।

‘सुनचाँदी व्यवसायीको पक्षमा, साना मझौला सबै खाले व्यवसायीको पक्षमा र देशको पक्षमा सहमति हुँदा मलाई आपत्ति छैन, म अझै पनि तयार छु’ उनले भने, ‘तर, व्यवसायीले सुन नपाउने र उहाँहरु (संघका अध्यक्ष र केही पदाधिकारीसहित महासंघका मान्छेहरु)का आसेपासेले मात्रै सुन पाउने व्यवस्थाको अन्त्य हुनुपर्छ भन्ने कुरामा सहमत नहुने हो भने सहमति हुँदैन । यो कोटा प्रणाली नै खारेज गर्नुपर्छ भन्ने मसहित केही साथीहरुको लाइनमा उहाँहरु आउनुहुन्छ भने अहिल्यै सहमति गर्न म तयार छु ।’

यस अघि : सुनचाँदी व्यवसायीहरुबीच शीतयुद्ध, झगडाले खुल्दैछ तस्करको पोल

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved