कति छ आज सुनचाँदीको भाउ ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 31, 2024 | 10:48:32 AM मा प्रकाशित

laxmi  sunrise bank

आज आइतबार सुनचाँदीको भाउ स्थिर रहेको छ । शुक्रबार प्रतितोला १ लाख ३० हजार रुपैयाँमा कारोबार भएको छापावाला सुन आज सोहि मूल्यमा कारोबार भईरहेको छ ।

त्यस्तै आज तेजावी सुन तोलामा १ लाख २९ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

यता, चाँदीको मूल्य पनि स्थिर रहेको छ । यस दिन चाँदि प्रतितोला १ हजार ५ सय २५ रुपैयाँमा कारोबार भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले प्रति १० ग्राम छापावाल सुनको मूल्य १ लाख ११ हजार ४५५ रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको मूल्य १ लाख १० हजार ९४० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १३ सय ७ रुपैयाँ तोकेको छ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved